कर्णाली प्रदेशः ५ जना स्वास्थ्यकर्मीमा देखियाे कोरोना संक्रमण

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

अस्पतालको आकस्मिक कक्षका बिरामीको उपचारमा संलग्न रहेका ५ जना स्वास्थ्यकर्मीमा  संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीमध्ये ४ जना प्रयोगशालामा काम गर्ने र एक जना एक्सरे कक्षमा काम गर्ने स्वास्थ्यकर्मी रहेका छन् ।

परीक्षण गरिएका त्यहाँका कुल  ४२ जना स्वास्थयकर्मीत मध्ये पाँच जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हो । संक्रमित पाँचै जना अस्पतालको आइसोलेसनमा छन् भने रिपाेर्ट नेगेटिभ आएका बाँकी स्वास्थ्यकर्मी नियमित काममा फर्किएकाे कोरोना विशेष अस्पतालले जनाएकाे छ । आकस्मिक कक्षमा उपचाररत तीन जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि ४२ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका थिए ।

आज बिहान मात्रै गण्डकी प्रदेशका २० जनामा संक्रमण पुष्टि भएको थियो । यता सिन्धुपाल्चोकमा पनि २ महिलामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजोसम्म पुष्टि गरेको विवरण अनुसार देशभर कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । जसमध्ये २३ जनाको मृत्यु भइसकेको छ भने १ हजार ७७२ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *