क्वारेन्टिनमा बसेका युवकद्वारा आत्महत्या, पीसीआर परीक्षणकाे तयारी
२०७७ असार ८ गते

|फाइल तस्बिर|
बझाङ । कोरोना भाइरस (कोभिड १९) महामारीका समय आत्महत्या गर्ने क्रम पनि बढिरहेको छ । कोही भविष्यको चिन्ताले सताएर आत्महत्या गरिरहेका छन् त कोही कोरोनाकै त्रासमा प्राण गुमाइरहेका छन् ।
यस्तैमा क्वारेन्टिनमा बसेका बझाङका एक पुरुषले पनि आत्महत्या गरेका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा बसेका सोही वडाको बुडखोरीका ३० वर्षीय पुरुषले झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनी ३ दिन अघि मात्र भारतको बैंग्लोरबाट आएका उनी ६ गतेदेखि क्वारेन्टिनमा बसेका थिए । गएराति अचानक झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । अहिले पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पुगेको छ ।
२०७७ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








