कागेश्वरी मनहरा नगरपालिकाका जनप्रतिनिधिद्वारा नगरसभा बहिस्कार

काठमाडौं । मेयरले कमिसन आउने काममा मात्र चासो दिएको भन्दै कागेश्वरी मनहरा नगरपालिकाका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले नगरपालिकाको नगरसभा वहिष्कार गर्दै नगरसभा स्थल अगाडि प्रर्दशन समेत गरेका छन् । नगरपालिकाका वडा नम्बर २, ४ र ७ मा कांग्रेसले वडाध्यक्षसहित नगरकार्यपालिका सदस्यहरुले मेयर कृष्णहरि थापाको कार्यशैली प्रति असन्तुष्टी जनाउँदै नगरसभा वहिष्कार गरेका हुन् ।

कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भाइकाजी अधिकारीले नगरपालिकाका मेयरले जनताका पक्षमा काम नगरेको र कमिसन आउने योजनालाई मात्र प्राथमिकता दिएकोले विरोध जनाएको बताए ।

कांग्रेसले यसअघि नै नगरपालिकाको कार्यशैलीको विरुद्ध २७ बुँदे माग नगरप्रमुख कृष्णहरि थापा समक्ष राखेको थियो । वडाध्यक्ष अधिकारीले आफुहरुले जनताको हितका लागि विभेद रहित हिसावले काम गर्नुपर्ने माग राख्दै गर्दा नगरप्रमुखले कमिशन आउने कामलाई मात्र अगाडि बढाएपछि परिषद बहिष्कार गर्न बाध्य भएको बताए ।

उनका अनुसार कांग्रेसले कोरोनाले असर गरेको भन्दै नगरबाट लगाइएका सबै करमा ५० प्रतिशतसम्म छुट दिनुपर्ने माग राखेको थियो । नगरले कांग्रेसको माग सुनुवाई नगरेपछि संघर्ष समिति नै बनाएर निरन्तर प्रदर्शन गर्दै आएको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति एंव कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुखका प्रत्यासी उपेन्द्र कार्कीले बताए ।

राजनीतिक सहमति अनुसार नगरपालिकाको नगरसभा हुनु पर्नेमा नेकपा पक्षले प्रतिपक्षीले जितेका वडाहरुलाई विभेद गरेर गएकाले नगर परिषद्को विरोध गरेको बताए ।

यता नगरपालिका प्रमुख कृष्णहरि थापाले भने आफुले कुनैपनि वडाहरुमा विभेद नगरेको बताए । उनले काठमाडौं जिल्ला भित्रका सबै नगरपालिकाहरुको बजेट कार्य योजना हेर्दा आफ्नो नगरपालिकाले तयार गरेको बजेट वितरण उत्कृष्ठ रहेको जिकिर गरे ।

‘उहाँहरुले जुन आरोप लगाउनु भएको छ त्यसमा सत्यता छैन । मैले कुनैपनि वडाहरुलाई विभेद गरेको छैन । १० गतेको नगरपरिषद्बाट बजेट पारित भएपछि तपाईले थाहा पाउनु हुन्छ ।’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *