जिविचिरन र प्रतापको ‘जात’ मा टिकटक स्टार गिता ढुङ्गाना (भिडियोसहित)

काठमाडौं । कलाकार तथा सञ्चारकर्मी चिरञ्जीवी सापकोटाले (जिविचिरन) ‘जात’ बोलको गीत सार्वजनिक गरेका छन् । जिविचिरनले नै निर्देशन गरेको भिडियो आहा टिभीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

रुकुम घटनापछि मुलुकमा जातिय विभेदको विषय उत्कर्षमा पुग्दै गर्दा उनले गीतमार्फत् जातीयरुपमा गरिने विभेदको कुरा उजागर गरेका छन् । सापकोटाले गीतमा समाजमा अझै पनि जातको आधारमा भेदभाव गर्न हुँदैन भन्ने चेतना अभिवृद्धि नभइसकेका कारण आम मानिसमा विभेद गर्न नहुने विषयको जानकारी दिने उद्देश्यले गीत निर्माण गरिएको बताए ।

गीतमा जिविचिरन, गायक प्रताव दास र प्रविन भट्टको आवाज छ भने ललित पौडेलको शब्द तथा ओम सुनारको संगीत रहेको छ । गीतको भिडियोमा अभि सुनार, गीता ढुंगाना र रविन्द्र सुबेदिको अभिनय छ । भिडियोको अन्तिममा लोकप्रिय गजलकार सुमन स्मारिकाको मुक्तक उनकै आवाजमा प्रस्तुत गरिएको छ । टिकटकमा सक्रिय ढुंगाना चर्चित पनि छिन् ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकै क्रममा उनले यसअघि ‘भाग कोरोना’ तथा भारतसँग सीमा विवादको विषय उठेका बेला ‘इतिहास’ बोलको गीत सार्वजनिक गरेका थिए ।

भिडियोः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *