गायिका मेचु धिमालको ‘फसायौ नि मिठो बोलेर’ भिडियो बजारमा (भिडियोसहित)

काठमाडौँ । कर्णप्रिय स्वरकी धनी गायिका मेचु धिमालको पहिलो एकल मौलिक कौरा गीत ‘फ़सायौ नि मिठो बोलेर’ सार्वजनिक भएको छ ।

गायिका धिमालको आवाज रहेको उक्त गीतमा लेखु सहयात्रीको शब्द, करण राज कार्कीको संगीत र देबेश राईको एरेञ्ज रहेको छ । गीतमा गायिका धिमाल र सुजन मार्पा तमाङको ससक्त अभिनय र नृत्य देख्न सकिन्छ । भद्र, बसन्त, जयनन्द, बिनोद, मिलन, र गोभिन्दले नृत्यमा साथ दिएका छन् ।

सो गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने प्रविन भट्टले सम्पादन गरेका छन् । भिडियोको छायांकन अनिल कृष्ण मानन्धरले गरेका हुन् । द भोईस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमालको भोईसको सुन्दर यात्रा पछिको अत्यन्तै मिठो लोक भाकामा बनेको यो उनको पहिलो एकल म्युजिक भिडियो हो ।
हेर्नुहोस् भिडियोः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *