नेपालकी पहिलो महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशीको निधन

काठमाडौं । नेपालकी पहिलो महिला क्याम्पस प्रमुख तथा शिक्षाविद अंगुरबाबा जोशीको निधन भएको छ ।

शिक्षाविद्, समाजसेवी एवम् पहिलो महिला क्याम्पस प्रमुख जोशीको ८९ वर्षको उमेरमा शनिबार काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तनको क्यान्सर भएको थियो।

उनी नेपालकी पहिलो महिला क्याम्पस प्रमुख थिइन् । सात समुद्रपार उच्च अध्ययन गर्न जाने उनी प्रथम नेपाली महिला पनि थिइन्।

उनी २०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य थिइन्।

उनको आजै आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *