युएईबाट समुन्द्रले ल्याए ‘अधुरो प्रेम कहानी’ (भिडियो सहित)

काठमाडाैं । गायक समुन्द्र खतिवडाले नयाँ गीत ‘अधुरो प्रेम कहानी’ सार्वजनिक गरेका छन् । हाल युएईमा रहेका गायक खतिवडाले कोरना कहर बिच म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर समुन्द्र खतिवडाको रहेको छ भने शब्द रमन सुवेदीको छ । गीतमा नबराज बस्नेतको संगीत रहेको छ ।

युएईमा छायांकन गरिएको भिडियोलाई नेपालका पहिलो अन्तर्राष्ट्रिय नेपाली मोटो ब्लगर भनेर चिनीने यल्ला ब्रोदरसले सम्पादन अनि छायांकन गरेका हुन् । म्युजिक भिडियोमा सुबास, सोराया र रिचेलको अभिनय देख्न सकिन्छ ।

माया, प्रेम र बिछोडका विषयलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोलाई रमन सुबेदीको निर्देशनमा तयार पारिएको हो ।एस के नेपाली म्युजिकको अफिसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।
हेर्नुहोेस भिडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *