कांग्रेस नेतृ आरजु राणाद्वारा बाजुराका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

बाजुरा । नेपाली कांग्रेसकी नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले बाजुराका ३ स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

कोरोना महामारीका बेला स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामाग्री नहुँदा जोखिमपूर्ण अवस्थामा सेवा दिन बाध्य भएको कुरालाई मध्यनजर गर्दे नेतृ राणा देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् । उनले जिल्ला स्वास्थ्य कार्यालय बाजुरामार्फत तीनवटा प्रसुती गृहका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको नेपाली कांग्रेसकी महिला नेतृ विद्या तिमिल्सेनाले जानकारी दिइन् ।उनका अनुसार पीपीई सेट प्रति प्रसुती गृह दुई गरी ६ सेट, सेनिटाइनर प्रति प्रसुती गृह ५ लिटर गरी १५ लिटर, थरमल गन प्रति प्रसुती गृह गरी ३ थान, पञ्जा प्रति प्रसुती गृह गरी २ प्याकेट गरी ६ प्याकेट, मास्क प्रति प्रसुती गृह २ हजार पिस गरी ६ हजार पिस, एन ९५ मास्क प्रति प्रसुती गृह ४ पिस गरी १२ पिस, साबुन प्रति प्रसुती गह २० वटा गरी ६० वटा, स्यानिटरी प्याड प्रति प्रसुती गृह ९६ थान गरी २८८ थान र फेससिल्ड प्रति प्रसुती गृह २ वटा गरी ६ वटा हस्तान्तरण गरिएको हो ।

कांग्रेस नेतृ राणाले बाजुराका लागि प्रदान गरेको स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालय बाजुरामार्फत आवश्यक परेका स्थानीय तहका स्वास्थ्य संस्थालाई वितरण गरिने नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले बताए । यस्तै नेतृ राणाले सुदूरपश्चिम प्रदेशका सात वटै पहाडी जिल्लाका ५३ वटा स्वास्थ्य संस्थालाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेको छन् । सोही अनुसार बाजुरामा पनि स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *