म्युजिक भिडियो सम्पादक भट्टको तीज विशेष गीत ‘नाच्ने हो छेउ छेउमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित म्युजिक भिडियो सम्पादक तथा निर्देशक प्रबिन भट्टको नेपाली तीज विशेष म्युजिक भिडियो ‘नाच्ने हो छेउ छेउमा’ सार्वजनिक भएको छ । उनैको शब्द–संकलन तथा स्वर रहेको गीतको संगीत संयोजन कृष्ण बिकले गरेका छन् भने संगीत मुद्रण साजन शाहले गरेका हुन् ।

बिपी फिल्मस् नेपालको निर्माणमा तयार पारिएको भिडियोमा प्रविन भट्ट, सुशिला थापा, निक शर्मा र दिप्सन परियारलाई देख्न सकिन्छ । भिडियोको छायांकन तथा निर्देशन अनिल कृष्ण मानन्धरले गरेका छन् भने सम्पादन तथा रंग संयोजन दिनसन शाहले गरेका हुन् ।

गीतबाट गायक भट्टले, सामाजिक दुरी कायम गरी आ–आफ्नो ठाउँमा नै सुरक्षित रहेर तीज मनाउन सन्देश दिएका छन् । आफैँमा सफल भिडियो सम्पादक तथा निर्देशक भट्टले आफ्नो गीतमा लकडाउनले सबैलाई परेको पिडालाई पनि रमाइलो ढंगले प्रस्तुत गरेका छन् । विशुद्ध मनोरञ्जनका लागि तयार पारिएको भन्दै अवस्था हेरेर संक्रमण नफैलने हिसाबले गीत हेरी रमाईलो गर्न उनले सबैलाई अनुरोध समेत गरेका छन् ।

भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *