‘असारमा मेलम्चीको पानी टनेलमा टेष्ट गर्छौं’ खानेपानीमन्त्री

काठमाडौं। खानेपानीमन्त्री विना मगरले असार महिनाको पेरिफिरेमा मेलम्चीको पानी टनेलमा टेष्ट गरिने बताएकी छन्। बुधवार राष्ट्रियसभा बैठकमा मन्त्री मगरले चालु आर्थिक वर्षभित्र बहु प्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको भौतिक निर्माणको काम सम्पन्न हुने बताइन्।

उनले भनेकी छन्, ‘हामी यो असरको पेरिफेरीमा टनेलमा टेष्टिङको प्रक्रियामा अगाडि बढ्ने छौं। टेष्टिङ सकिएपछि सुन्दरी जलमा खसाल्ने छौं।’ मन्त्री मगरले नयाँ आर्थिक वर्षबाट सञ्चालनको प्रक्रिया अघि बढाइने जानकारी दिइन्। मेलम्ची परियोजनाले थुप्रै निराशा उत्पन्न गराएको उनको भनाई छ।

थुप्रै पटक प्रतिबद्धता गरिएको भए पनि अब काठमाडौंमै पानी आउने गरी काम उनले विश्वास दिलाइन्। केयुकेएलले काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने मगरले जानकारी दिइन्। मेलम्ची खानेपानी आयोजनाको दोस्रो भागको काम पीआईडीले हेरिरहेको उनले बताइन्। त्यसको कामको अनुगमन पनि निरन्तर भइरहेको उनले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *