गायक प्रमोद खरेलको घरमा भित्रिइन् लक्ष्मी

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको छोरी जन्मिएकी छिन् । उनकी श्रीमती दीपा खरेलले अल्का अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । गायक प्रमोदले यसबारे जानकारी गराउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘जीन्दगीले अर्को खुशीको आकाश छोएको छ, घरमा लक्ष्मीको आगमन भएको छ ।’

छोरीलाई भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा) राखिएको उल्लेख गर्दै गायक प्रमोदले कठिन संघर्षपछि बल्ल उनी आफ्नो काखमा आइपुगेको भन्दै खुशी व्यक्त गरेका छन् ।

‘तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौँ, सबैसँग खुशी बाँड्ने असिमित चाहना हुँदाहुँदै पनि सकिएको थिएन । न त दुःखै साट्न सकियो । खुशी पक्कै आउला भनेर हरेस खाइएन । डा. नुतन शर्मा, डा. शिव चालिसे, डा. गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक, भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं’, उनले फेसबुकमा लेखेका छन् ।

उनले फेसबुकमा छोरी र श्रीमतीको तस्विर सार्वजनिक गर्नेबित्तिकै शुभचिन्तक र फ्यानको बधाईको ओइरो लागेको छ । सबैले उनकी छोरी र श्रीमतीको शुस्वास्थ्यको कामना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *