हिमाली क्षेत्रमा पाँच शहर विकास गरिने छः मन्त्री नेम्बाङ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्बाङले हिमाली क्षेत्रमा पाँच वटा शहर विकास गरिने बताएका छन्। बुधवार राष्ट्रियसभा बैठकमा मन्त्रालयमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै नेम्बाङले यसका लागि ‘ट्रान्स हिमालय ट्रायल’का लुक्ला, स्याप्रोवेशी, जोमसुङ, सिमिकोट र मार्तडीको सम्भाव्यता अध्ययन समेत गरिएको बताए।

बसाइसराइलाई निरुत्साहित गर्ने गरी न्यून जनसङ्ख्या र जनघनत्व भएका बस्ती र क्षेत्रमा आवश्यक पूर्वाधार विकास हिमाली क्षेत्रमा पाँच वटा नयाँ शहर निर्माण गरिने जानकारी दिए। हिमाली क्षेत्रका र दुर्गम पहाडी क्षेत्रमा शहरी विकासका निम्ति सम्भाव्यता अध्ययन अगाडि बढाउने कार्य योजना थालेर समानुपातिक ढंगबाट कार्यक्रम अगाडि बढाइनले उनले जानकारी दिए।

नेम्बाङले मध्यपहाडी मार्गमा पर्ने १० वटा नयाँ ठाउँमा शहर निर्माणको कार्य सुरु भएको जानकारी गराए। उनले आर्थिक समृद्धि र विकासका लागि हुलाकी मार्गमा पर्ने र आसपासमा पर्ने ठाउँमा १५ सहर निर्माण गरिने बताए। नयाँ थप पाँच वटा गरी २७ वटा स्थानमा शहर निर्माणको कार्यक्रम अघि सारिएको बताए। बढ्दो शहरीकरण नियन्त्रण गर्न आगामी वर्षमा थप ५० नगरपालिकामा शघन सहरी कार्यक्रम लागु गरिने उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *