राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्ने संघसंस्थालाई नियन्त्रण गर्छौंः मन्त्री गुरुङ

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विभिन्न संघ संस्थाहरूले समाजको नाममा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरिरहेको बताएका छन्। बुधवार राष्ट्रिय सभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै गुरुङले राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्ने त्यस्ता संघ संस्थालाई नियन्त्रण गर्न कार्यदल बनाएर काम अघि बढाइने प्रतिबद्धता जनाए।

उनले सामाजिक रूपान्तरणको नीति मार्फत समाजलाई नयाँ युगमा प्रवेश गराउने विश्वास पनि दिलाए। सामाजिक कुरीतिको अन्त्यका लागि सामाजिक रूपान्तरणकारी नीतिको आवश्यकता रहेको उनको भनाइ छ। गुरुङले नेपाललाई लैंगिक मैत्री नेपालको रूपमा घोषणा गरिने पनि बताए। मर्यादित महिनावारी राष्ट्रको रूपमा नेपाललाई घोषणा गरिने उनको भनाइ छ।

उनले राज्यका हरेक तह र निकायबाट सामाजिक क्षेत्रमा राष्ट्रिय गौरवका आयोजनाहरू निर्माण गरिन आवश्यक रहेको बताए। सामाजिक क्षेत्रका योजनाहरूलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा विकास गरेपछि त्यसअनुसार बजेट पनि निर्धारण हुने विश्वास लिए। उनले समाज प्रति जबाफदेही र जिम्मेवार नागरिक निर्माणको लागि पाठ्यक्रमलाई परिवर्तन गर्नुपर्ने बताए।

मन्त्री गुरुङले सामाजिक विकासका निम्ति नैतिक शिक्षाको आवश्यकता औँल्याए। उनले नैतिक शिक्षाको आधारमा मात्र नागरिकहरूमा समाजप्रति जबाफदेही, जिम्मेवार र स्वयंसेवक भावनाको विकास गराउन सम्भव हुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *