‘पैसा नभएर विदेशमा अलपत्र परेकाहरु पनि नेपाली हुन्’ सरकार !

काठमाडौं। नेकपाका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले विदेशमा अलपत्र नेपालीको उद्दारका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका छन्। बुधवार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बिडारीले पैसाको अभावमा विदेशमा नेपालीहरू रोग र भोकले ग्रस्त बनेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

उनले भनेका छन्, ‘रोजगारीका निम्ति विदेश गएका छन्। उनीहरू अहिले विदेशमा अलपत्र परेका छन्। रोग र भोकले ग्रस्त छन्। स्वदेश आउन आतुर छ। तर रकम छैन, अभाव छ। भाडा तिर्न पैसा छैन। शरीर पनि जीर्ण भइसकेको छ।’

सरकारले आफूले काम दिन नसकेपछि धकेली धकेली विदेश पठाइएका नेपालीहरू भाडा तिर्ने पैसा नभएर विदेशमा अलपत्र परेको बताए। उनीहरुको समयमा उद्दार गर्न बिडारीले माग गरे। उनले भनेका छन्, ‘यो वर्ष कति वैदेशिक रोजगार ! लौ आउँ प्रतिस्पर्धा गर भन्दै पठाउने गरियो। गएर अहिले त्यहाँ अलपत्र परियो भन्छन्। तिनीहरूलाई यहाँ हामीले कसरी ल्याउने ? पैसा नभएका मानिस पनि त नेपाली हुन् र यहाँ आउन पाउनु पर्‍यो नि।’

नेपालमा रहेका युवाहरू दुर्व्यसन र लागु औषधले लिप्त रहेकोले तिनीहरूलाई संरक्षण र रोकथाम गर्न बिडारीले गृह मन्त्रालयको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *