श्रमिक सूचना बैंक स्थापनाको घोषणा

२ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवद्वारा श्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा भएको छ ।

सरकारको नीती तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को बार्षिक वजेटमा समेत रहेको कार्यक्रम अनुसार श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडी बढेको छ ।

श्रमिक बैंक स्थापना गरि कार्यन्वयन गर्नका लागि मन्त्रालयले विज्ञ समुह गठन गरि कार्य प्रारम्भ गरेको छ । कृषि लगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरु के–कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, शीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् बारे एकत्रित जानकारी उपलब्ध गराउने उद्देश्यले श्रमिक बैंकको स्थापना गर्न लागेको मन्त्री यादवले बताए ।

विकास र औद्योगिकरणले गति लिँदै गर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चित गर्न र श्रमिक बैंकको स्थपनाले श्रमिकको सम्रग व्यवस्थापनमा मदत पुर्याउने भएकोले श्रमिक बैंकको आवश्यता रहेको मन्त्री यादवले प्रष्ट पारे ।

मंगलबार मन्त्रालयको बैठक हलमा मन्त्री यादवको उपस्थितीमा विज्ञ टोलीले श्रमिक बैंकको कार्यान्वयन बारे प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *