बजेटको विरोधमा यी सांसदले गरे सदनभित्रै १० सेकेण्ड मौनधारण

काठमाडौं। राष्ट्रिय जनता पार्टीका राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोधस्वरूप १० सेकेण्ड मौनधारण गरेका हुन्।

‘नेपाल सरकार अर्थात सम्पूर्ण नेपालीको सरकार। सत्तापक्षको मात्रै होइन हामी प्रतिपक्षको पनि सरकार। तर, वर्तमान सरकरको चरित्र आचरण र व्यवहार त्यो अनुरूपमको देखिएन,’ उनले भनेका छन्, ‘त्यतिकै मात्रै होइन सम्पूर्ण सत्तापक्षको पनि सरकार भन्न पनि नमिल्ने किनकी हिजो मात्रै सत्ता पक्षका सांसदहरूबाट मनको व्यथा पोखियो। सत्तापक्षका सांसदहरूलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा वर्गीकरण गरिएको थाहा पाइयो। हामी प्रतिपक्षलाई त श्रेणीविहीन वर्गमा नै राखिएको होला।’

उनले अगाडि भनेका छन्, ‘हामी प्रतिपक्षलाई त श्रेणीविहीन वर्गमै राखिएको होला । त्यसैले सत्तापक्षका ‘ग’ र ‘घ’ श्रेणीमा परेका सांसदहरूको व्यथाप्रति सहानुभूति राख्दै यो सरकारबाट प्रस्तुत पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतिकात्मक विरोधस्वरूप १० सेकेन्ड मौनधारण गर्दै म यो विनियोजन विधेयकको छलफलमा भाग लिन्नँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *