कोरोना रोकथाममा गम्भीर बन्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा काँग्रेस सांसदहरू ध्यानाकर्षण पत्र बुझाउन मङ्गलवार बालुवाटार पुगेका थिए।

उनीहरूले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्ने लगायतका माग राखेका थिए। भेटमा काँग्रेस सांसदहरूले आरडीटी परीक्षण रोक्न र पीसीआरको दायरा बढाउन माग गरेका थिए।

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनामा भएको खर्चको हिसाब आफूले पनि हेरिरहेको बताएका छन्। भेटमा सहभागी काँग्रेसका अनुसार प्रधानमन्त्री ओलीले सरकारको ध्यान कहिले कोरोना महामारीमा रहेका र कहीँ अनियमितता भएको भए छानबिन गरेर कारबाही गरिने बताएका छन्।

लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेकोले यसका लागि अब सबै दलहरू मिलेर सचेतना बढाउनुपर्नेमा ओलीले जोड दिएको बताइएको छ। प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरूलाई राखिएको स्थानीय तहका क्वारेन्टिनमा कमजोरी भएको स्वीकार गरेका छन्।

हालै बसेको काँग्रेस केन्द्रीय समिति बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको थियो। कोरोनाका असर तथा सरकारी कामकाजबारे अनुगमन गर्न सह महामन्त्री प्रकाशशरण महतको नेतृत्वमा अनुगमन समिति बनाएको थियो भने स्वदेशदेखि विदेशबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउने निर्णय गरेको थियो।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977009419″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *