गृहको प्रतिवेदन सार्वजनिक : वडाध्यक्षकै योजनामा नवराजसहित ६ जनाको हत्या भएको निश्कर्ष (विज्ञप्तिसहित)

काठमाडौं। रुकुमपश्चिम चौरजहारीमा गत जेठ १० घटेको घटना वडाअध्यक्षकै योजनामा घटेको गृहमन्त्रालयको अनुसन्धानमा खुलेको छ । चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको निर्मम हत्या घटनामा वडाध्यक्ष डम्बर बहादुर मल्लको योजना रहेको गृहको निश्कर्ष छ ।

घटनामा जाजरकोटको भेरी नगरपालिका–४ का नबराज बिक, सन्दीप बिक, गणेश बुढामगर, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको हत्या भएको थियो ।

गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा वडाध्यक्ष मल्लले प्रहरीलाई समेत गलत सूचना दिएर अन्यत्रै पठाइएको उल्लेख गरिएको छ।

मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। प्रहरीले समेत अनुसन्धान सकेर हिजो ३२ असारमा रुकुम जिल्ला अदालतमा मुद्दा दायर भएपछि मन्त्रालयले आज प्रतिवेदन सार्वजनिक गरेको हो।

वडाध्यक्ष मल्लले लकडाउनमा ‘जाजरकोटका केटाहरू गाउँ छिरे उनीहरूलाई नियन्त्रणमा लिनुपर्छ’ भन्ने बहानामा गाउँलेहरूलाई एकीकृत गराएको, गोइरी औलका व्यक्तिहरूलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएका, उनीहरूलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई अर्कोतिर पठाएर झन्डै ४ किलोमिटर टाढा गइसकेका युवकहरूलाई लखेटेर ढुंगा प्रहार गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।

जेठ ३२ मा दर्ता भएको अभियोग पत्रमा मागदाबी गरिएझै सबै आरोपीमाथि जातीय भेदभाव, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमा कारबाही गर्न माग गरिएको छ।

जेठ १० गते नबराज आफ्ना १७ जना साथीहरुको समूह लिएर युवतीको घर चौरजहारी गएका थिए। युवतीका बुबाले यसबारे वडाध्यक्ष मल्ललाई भनेपछि आपराधिक कार्यमा संलग्न भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। वडाध्यक्ष मल्लले ९८४८९६९७३३ नम्बरको मोबाइलबाट मानबहादुर मल्ललाई ९८६६८६८९६८, नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई भेला पारेको प्रतिवदनमा उल्लेख छ। उनले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा पनि फोन गरेर उल्टो सूचना दिएको छ। वडाध्यक्षले गलत सूचना दिएका कारण प्रहरी समयमा घटनास्थलमा पुग्न नसकेको र त्यतिञ्जेले ६ जनाको ज्यान जानेगरी घटना भइसकेको गृहको निश्कर्ष छ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977009350″ /]

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *