लैंगिक हिंसा न्यूनीकरणका लागि सरकारी संयन्त्र निर्माण गर्न माग

काठमाडौं। राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले लैंगिक हिंसा न्यूनीकरणमा सरकारले ध्यान दिन नसकेको बताएकी छन्। सोमबार राष्ट्रिय सभा बैठकमा उनले लैंगिक हिंसा न्यूनीकरणका हेल्प डेस्क जस्तो नयाँ किसिमको संयन्त्र निर्माण गर्न आवश्यक रहेको बताइन्।

लैंगिक हिंसाका घटनाहरूमा तत्काल पहल कदम लिएर पीडितले न्याय पाउने खालको संयन्त्रको निर्माण गरिनु आवश्यक रहेको उनको भनाइ छ। तर सरकारले आगामी बजेटले यस मुद्दामा ध्यान दिन नसकेको देवकोटाले बताइन्। महिला सुरक्षाका लागि सरकारले गम्भीर हुनुपर्नेमा जोड दिँदै उनले आवश्यक संयन्त्र निर्माण गर्न सरकारसँग आग्रह गरिन्।

उनले भनेकी छन्, ‘बोक्सीको आरोपमा पीडित छन्। महिला हिंसा रोकिएको छैन। अहिले क्वरेन्टिनमा महिला बलात्कारको सिकार भइरहेकी छन्। त्यस कारण महिला सुरक्षाका लागि सरकारले आवश्यक संयन्त्र बनाउन आवश्यक छ। जुन यो बजेटले समावेश गरेको छैन,’

सांसद देवकोटाले अहिले पनि स्वतन्त्रतापूर्वक महिलाहरूले आफ्ना पीडाहरू अभिव्यक्त गर्ने वातावरण नबनेको बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =