टेलिटकले ल्यायो सस्तो र स्तरीय फोर जी स्मार्ट मोबाइल

काठमाडों । नेपालको लागि नोकिया मोबाइलको आधिकारिक वितरक टेलिटक प्रा.लि.ले कम मूल्यको स्तरीय फोर जी स्मार्टफोन नोकिया सी टु बजारमा ल्याएको छ । कम्पनीले उत्कृष्ट एच डी डिस्प्ले, आकर्षक बनावट र बढी स्टोरेज क्षमता भएको सी टु नोकिया मोबाइल बजारमा ल्याएको हो । उक्त स्मार्टफोन अन्य कम मूल्य पर्ने स्मार्टफोन भन्दा एकदमै राम्रो हुने कम्पनीको दाबी छ ।

वर्तमान अवस्थाको जीवनशैली तथा आवश्यकता अनुसार भर्चुअल मिटिगं, अनलाइन क्लास, अनलाइन स्ट्रि««मिगं र अन्य इन्टरटेनमेन्टका लागि उपभोक्ताद्वारा सस्तो र फास्ट चल्ने सुविधायुक्त स्मार्टफोनको माग बजारमा अधिकतम रूपमा बढेको छ ।

नोकिया सी टु फोर जी स्मार्टफोनमा ५.७ एचडी प्लस आईपीएस डिस्प्ले स्क्रिन छ जसलाई टफन ग्लासद्वारा सुरक्षित गरिएको हुनाले छिट्टै कोरिने र फुट्ने डर कम हुन्छ । यसमा एन्ड्रोइड नाइन पाइ (गो एडिशन) अपरेटिगं सिस्टम छ । जुन गो एप्स चलाउनको लागि उत्कृष्ट अपरेटिगं सिस्टम हो । गो एप्सले कम डाटा खपत गर्छ र कम स्टोरेज स्पेस लिन्छ । यसमा माइक्रो एस डी कार्डद्वारा ६४ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ । साथै यसमा भ्वाइस असिस्टेन्ट एपको लागि डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि छ । यो स्मार्टफोनमा बदल्न मिल्ने २८०० एमएएचको ब्याट्री छ जसको चार्ज दुई दिनसम्म टिक्छ ।

 

फोटोग्राफीको लागी नोकियया सी टू फोर जीस्मार्टफोनमा पछाडि ५ मेगापिक्सेल अटोफोकस क्यामरा र फ्ल्यास् लाइट, सेल्फीको लागी पनि ५ मेगापिक्सेल क्यामरा, सेन्सर एलइडी फ्ल्यास् लाइट रहेको छ । यसमा अन्य नोकिया स्मार्ट फोनहरुमा जस्तै स्ट्याण्र्डड क्यामरा फिचरहरू रहेको छ । यसमा अन्य स्मार्टफोनमा हुने सबै कनेक्टिभिटी फिचरहरुरहेका छन् । नोकिया सी टु स्मार्टफोनको बजार मूल्य रु.९,२९९÷– पर्दछ भने विभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ ।

साथै अहिले बजारमा उपलब्ध भईरहेकोनोकिया सी१ र नोकिया२.३ स्मार्टफोनहरू १२ हजार भन्दा कम मूल्य पर्ने भएकोले प्रयोगकर्ताहरू द्वारा अत्यन्त रुचाइएको छ । साथै नोकियाका फिचर फोनहरू र नोकिया सी१ स्मार्टफोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टी उपलब्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *