नायिका नम्रताको जन्मदिन आजः कति वर्ष लागिन् ?

काठमाडौं । चलचित्र ‘सानो संसार’ बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी नायिका नम्रता श्रेष्ठको जन्मदिन हो आज । उनी आजबाट ३५ औँ वर्षमा प्रवेश गर्दैछिन् । आफ्ना परिवारसँगै बसेर जन्मदिन मनाइरहेकी नायिका श्रेष्ठलाई चलचित्रकर्मी, शुभचिन्तक र उनका फ्यानहरुले सामाजिक सञ्जालबाटै शुभकामना दिइरहेका छन् ।

नायिका श्रेष्ठद्वारा अभिनित चलचित्रहरुले खासै व्यापारिक सफलता नपाए पनि उनको लोकप्रियता भने कम छैन । उनी अभिनित चलचित्र ‘मेरो एउटा साथी छ’, ‘प्रसाद’ ले निकै चर्चा बटुल्नुका साथै व्यापारिक रुपमा समेत सफल भएको थियो ।

सामाजिक सञ्जालमा उनलाई पछ्याउनेहरुको संख्या पनि लोभलाग्दो देखिन्छ । उनी नेपाली चलचित्र क्षेत्रकी सुन्दर र सशक्त अभिनय गर्न सक्ने क्षमताका नायिकामा गनिन्छिन् । नायिका श्रेष्ठ चलचित्र क्षेत्रमा आउनुभन्दा पहिले मोडलिङमा सक्रिय थिइन् । उनीसँग मोडलिङसँगै थिएटरको पनि अनुभव छ । उनले नोभेम्बर रेन, फस्ट लभ, क्लासिक, होम्वोर्क, जाइरा लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

नायिका श्रेष्ठले २०१४ मा इन्फा अवार्ड, २०१५ मा नोवेम्ब रेनबाट सर्वश्रेष्ठ अभिनेत्री को अवार्ड पाएकी थिइन् । त्यस्तै नोभेम्बर रेनबाटै नेफ्टा अवार्ड समेत पाएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *