‘प्रेम गीत ३’ को नयाँ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्ये नजर गर्दै स्थगित गरिएकाे चलचित्र  ‘प्रेम गीत ३’ को नयाँ मिति सार्वजनिक गरिएको छ । निर्माण पक्षका अनुसार बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्र महिनामा रिलिज हुनेछ ।

निर्माण पक्षले यसअघि  चैत्र २८ को प्रदर्शन मिति तय गरेकाे थियाे । तर सरकारले चैत्र ११ देखि लकडाउन गरेका कारण उक्त चलचित्र दर्शकमाझ पुग्न सकेन । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले मकालु खबरसँगको संक्षिप्त कुराकानीमा भने्, ‘केही दिनभित्रमा काम सुरु गर्नेछौँ । चलचित्रमा लगानी धेरै भएका कारण हतार नगरि रिलिज गर्ने योजना बनाएका छौँ । कोरोना महामारी सामान्य भएको अवस्थामा आगामी दशैंको समयमा पनि चलचित्र रिलिज हुन सक्छ ।’

‘प्रेम गीत ३’ मा युवा स्टार प्रदिप खड्का, लोकप्रिय कलाकार माओत्से गुरुङ, नव नायिका क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, बालकलाकार अनुभव रेग्मी लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *