छोरीको दुवै मृगौलाले काम गर्न छाडेपछि टिकारामको परिवारलाई पर्यो संकट

धरान । इलामको माङ्सेबुङ वडा नं ४ की १८ बर्षिया अनिता राईको दुवै मृगौलाले काम गर्न छोडेको करिब सात वर्ष भयो । उपचारका लागि ईलाम, झापा, सुनसरीको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हुँदै काठमाडौंको टिचिङ अस्पलातसम्म पुग्दा उनको झण्डै १८ लाख रुपैयाँ सकियो ।

अव थप उपचारका लागि कुनै उपाय नभएपछि अनिता तथा उनका बुवा टीकाराम राई अहिले स्थानियबासीको शरणमा मात्र नभई धरानबासीहरुसँग समेत उपचार सहयोगको याचना गरिरहेका छन् ।

‘स्थानियले सहयोग गरे केही वर्ष छोरीलाई बचाउन सक्छु कि’ भावविह्वल हुँदै बुबा टीकाराम राई भन्छन् । उनी सामान्य परिबारका भएकाले उनको दैनिकी खेतीपाती, भकारी तथा मान्द्रो बुनाईले चलिरहेको थियो ।

घरेलु कामबाट टिकारामले आफना अन्य ६ जना स–साना छोरी र एक जना श्रीमतीको समेत लालन पालन गर्दै आएका थिए । तर, अचानक एक दिन उनकी जेठी छोरी अनिताको स्वास्थ्यमा समस्या भयो र त्यो समस्या बिकराल हुँदै मृगौला रोग सम्म फैलियो र सुरु भयो उनको दुखदायी पिडा ।

राईले कमाएको पैसाले घर परीवार जसोतसो चलेपनि छोरीकै उपचारमा खर्च गर्नुपरेपछि अहिले भएको सम्पत्ति समेत सकिएको छ । छोरीको उपचारमा उनले अहिलेसम्म १८ लाख ऋण काढेका छन् । ‘खै हजुर सास रहुञ्जेल आश हुन्छ भन्छन्, छोरीलाई बचाउन पाए हुन्थ्यो ।’ गहभरी आँसु खसाल्दै टिकाराम भन्छन् ।

उनी छोरी बचाउन आफ्नै ज्यान बेच्न पनि तयार छन् । ‘मेरी छोरी बचाउन म आफुलाई बेच्न पनि तयार छु । यति कोई किन्ने ब्यक्ति छ भने भनिदिनुहोस ।’ टिकारामले गहभरी आँसु निकालेर भन्दा सबैको मन विथोलिन्छ ।

टिकारामले छोरीको उपचारका लागी आफ्नै मृगौला समेत दिने भएका छन् । तर, उनीसँग मृगौला फेर्ने खर्च चैं छैन ।

टिकारामले अहिले वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मेडिसिन वार्ड ३ को बेड नं १६ मा छोरीलाई एक हप्ता अगाडी भर्ना गराएका छन । छोरीको उपचारमा सरकारले १ लाख रुपयाँ सम्म छुट दिएपनि त्यसले केही समस्या हल भएको छैन । ‘सरकारले दिएको छुट साह्रै न्युन भएको छ । अब तपाईहरु जस्ता मनकारी हातहरुको खाँचो छ ।’ टिकारामले भने ।

उनका अनुसार सरकारले दिएको १ लाख छुटले छोरीको उपचारमा केही भएन । एउटा बायोप्सी (मृगौलाको मासुको भाग परीक्षण) गर्दा ४० हजार लाग्छ । ‘छोरीलाई काठमाडौंमा राख्दा १ लाख रुपयाँले ३ दिन औषधी खर्च मात्र पुग्यो’ उनले भने ‘मासिक २० हजार रुपैयाँ सम्म जेनतेन धानिरहेको थिँए अब नसक्ने भए ।’ उनकी मृगौला पिडित छोरीले मासिक एक लाख भन्दा बढिको त औषधी नै सेवन गर्नुपर्छ ।

टीकारामले घरेलु काम गर्दा मासिक जसोतसो १०/१५ हजार कमाउँथे । हस्पिटलको बसाईले अहिले त्योपनि बन्द छ ।
सुकुम्बासीमा भएको एक रोपनी जग्गा र घर लगायत सम्पत्ति सबै छोरीको उपचारमा सकिएपछि राईलाई अहिले २ छाक टार्न र अन्य छोराछोरीको पालन पोषण गर्न समेत धौधौ भएको छ ।

टीकारामको १६, ११, ९ र ६ वर्षिया २ छोरी सहित ६ जना छोरी र एक श्रीमती रहेका छन् ।

राईको आर्थिक अवस्था कमजोर भएपछि सो क्षेत्रका स्थानियवासी तथा दमकमा ५ रुपैंयामा पेटभरी खाना खुवाउने अभियन्ता कुमार राईले मृगौला पिडित छोरी अस्मिताको उपचारमा केही आर्थिक सहयोग र अस्पतालसम्म ल्याने लैजाने जिम्मेवारी लिएका छन् ।

सोही अभियानलाई देखेर उनका दमक तथा धरानका केही साथीहरुले हिजो शनिबार आर्थिक सहयोग गरेका छन् । उनलाई सहयोग गर्नेहरुमा दमक ५ का युवा ब्यवसायी डेबीट शाही, दमक घर भई जापान बस्दै आएका दिपेश पौडेल, धरानका युवा नेता, ब्यवसायी तथा नेपाल तरुण दलका सुनसरी जिल्ला कार्यवाहक अध्यक्ष सन्तोष विश्वकर्मा र धरानकै युवा ब्यवसायी रबि राईले खाना र खाजा स्वरुप जनही नगद ५/५ हजार सहयोग गरेका हुन ।

उनीहरुले आगामी दिनमा बालिकाको उपचारका लागि बिभिन्न देशहरुबाट साथीभाईको सहयोगमा आर्थिक सहयोग जुटाउने र उपचार गराउने प्रतिबद्धता पनि ब्यक्त गरेका छन । ‘यो अहिलेको लागि हाम्रो तर्फबाट सानो सहयोग मात्र गरेका छौं, उहाँको छोरीको उपचारका लागि देशविदेशमा रहेका हाम्रा साथीभाईहरुलाई सहयोग गर्न अनुरोध गर्दैछौं ।’ नेपाल तरुण दल सुनसरी कार्यवाहक अध्यक्ष सन्तोष विकले भने ।

उनीहरुले टिकारामकी छोरीको उपचारका लागि आर्थिक सहयोग जुटाउन सहयोग समिति समेत बनाएका छन । जसमा सन्तोष विश्वकर्मा, यौवन गुरुङ, डेबिड शाही ठाकुरी, कुमार राई लगायत छन् । समितिले राईको उपचारका लागि देश विदेशमा रहेका सहयोगी हातहरुलाई सहयोग गर्न अपिल समेत गरेको छ ।

उनीहरुकै पहलमा अमेरीकामा बस्ने हेम थापाबाट एक लाख र सिर्जना गुरुङको तर्फबाट नगद २० हजार समेत प्राप्त भएको छ । औषधी उपचार गर्ने पैसाको अभाव भएपछि मृगौला पिडित अस्मिताले करिब एक महिना यता औषधी समेत खान नपाएको थाहा पाएपछि अभियन्ता कुमार राईको सहयोगमा राईलाई प्रतिष्ठानमा भर्ना गरिएको छ ।

टीकारामकी छोरीलाई दमक झापा तथा धरानका केही सहयोगी र विदेशमा रहेका आफ्ना समाजसेवीहरुले सहयोग संकलन गरेर उपचारमा राहत पुर्याएका छन् । राईको उपचारार्थ धरान १० निवासी गंगामाया चोङवाङले १५ हजार सहयोग गरेकी छिन् । भने आर्थिक संकलन अभियान दमक र धरानका युवाहरुको सक्रियतामा जारी रहेको छ ।

अहिले नेपालमै मृगाैला प्रत्याराेपण गर्न सकिन्छ । केही महिना अघि मुलुकका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडाैंकाे त्रिवि शिक्षण अस्पतालमै मृगाैला प्रत्याराेपण गरेर स्वस्थ हुने क्रममा छन् । तर, मृगाैला राेगका पिडित प्रधानमन्त्री ओलीले आफ्नै जस्ताे समस्या भएका विपन्न नागरिककाे स्वास्थ्याेपचारका लागि कुनै उदाहरणीय काम गर्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *