नेकपाले बोलायो सचिवालय बैठक, मुख्य एजेण्डा एमसीसी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । नेकपाले लामो समयदेखि बहस र विवादमा पर्दै आएको एमसीसीबारे निर्णय गर्न सचिवालय बैठक बोलाएको हो ।

बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो ४ बजे बस्नेछ । बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ ।

यसअघि जेठ २७ बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताको कारण देखाउँदै स्थगित गरिएको थियो । प्रधानमन्त्री ओली संसद्को यही अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन् । तर, सचिवालयका अन्य बहुमत सदस्य भने यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *