‘नेतृत्वलाई इच्छाशक्ति र बुद्धिमताको यो कसीमा असफल हुने छुट छैन’

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपाली भूमि अतिक्रमण भएको र भूमि फिर्ता गराउने अभिभारा बाँकी रहेकोमा बताएका छन् । उनले विगतमा नेपालकै रहेका भूमि विगतका शासकका टाउकामा दोष थुपारेर उम्किन सक्ने अवस्था रहेपनि त्यसो गर्न नमिल्ने बताए ।
उनकै शब्दमा,
किन अतिक्रमण भयो भनेर विगतका शासकलाई थोपरेर उम्किन पनि भयो होला, त्यस्तै अहिले किन भनेर भन्दा ब्यक्ति पुजनका लागि रोचक कथा पनि बन्न सक्ला यी दुवै कुरा सतही मात्रै हुन् ।

हामीले अतिक्रमित भूभाग पहिचान गर्ने, यथेष्ट प्रमाण संकलन गर्ने, नक्सा समावेश गर्ने, लगायत कार्यमा योगदान पुर्याउने सबैमा आवश्यक कदर गर्न सक्नुपर्दछ ।

संविधानमा अहिले नै नक्सा सच्याउँदा वार्ताको वातावरण विग्रन्छ गाईँगुई कहि सुनिन्छ । त्यसो भन्नेको इमान्दारितामा खोट लगाएर मात्रै पनि पुग्दैन । त्यसो भन्नेले अतिक्रमित भूमी फिर्ता गराउन अपनाउनु पर्ने आवश्यक सचेतना र सजगता हामीलाई सम्झाउन खोज्नु भएको होला । यस्तो अति सतर्कताले समकालिन नेपाली समाजभित्र रहेको चेत क्षमता र गतिशिलता नबुझेको पनि हो ।

लोकतन्त्र स्थापनाका लागि भएको लामो बलिदानी पूर्ण कष्ट साध्य संघर्षबाट हामीले हासिल गरेको अनुभव र शिक्षा अनुरुप नेपाली मन र चाहनाहरुको दस्तावेज हो ।

यो संविधान निर्माण गर्नेक्रम त्यसपछिको लोकतान्त्रिक अभ्यासले हाम्रो समाजको कर्तमा विकसित गतिशिलता, समृद्ध भविष्यको चाहना र यसलाई प्राप्त गर्ने अठोटलाई सतहमै प्रष्फुटित गरेको छ । हाम्रा दुवै छिमेकी मित्र राष्ट्रहरुले विश्व मञ्चमा हाम्रो भूमिका विस्तारीत रुपमा स्थापित गराउँदैछन् । त्यसरी नै आज ज्ञान विज्ञान र समाज विकासको क्षेत्रमा अन्तराष्ट्रिय रुपमै आफ्नो प्रतिष्पर्धात्मक क्षमता स्थापित हुँदै गएको नेपाली युवा पुस्ता आफ्नो देशको प्रतिष्ठा बढाउँदै छ । स्थापित गराउँदैछ ।

आज देशमा कोरोना संक्रमण नियन्त्रण गर्ने कार्य सन्तोषजनक नहुँदा स्रोत साधन अपचलन भएको सुन्दा आन्दोलित भएर खबरदारीका लागि प्रदर्शनमा उभिएका युवाहरुले देखाएको क्षमता, परिपक्वता र अठोटले पनि नेपाली समाज आधारभूत रुपमै परिवर्तित भइसकेको प्रष्ट संकेत गरेको छ । यो चेतना र विवेकलाई अपमानित गर्ने हैन राष्ट्र निर्माणका लागि सदसपयोग गर्दा हाम्रो अन्तराष्ट्रिय श्री बृद्धि हुन्छ ।

आफ्नो भूभाग समेटेको नक्सा बनाउनुमा अतिक्रमित भूभाग फिर्ता गराउने कार्य सम्पादन गर्न नेपाली समाज तयार छ । हामीले हाम्रा छिमेकीलाई यो कुरा बुझाउन सक्नु पर्दछ । यसका लागि अनावश्यक तिक्तता, सतही टिप्पणी र उत्तेजना हैन प्रमाण र सुझबुझ आवश्यक छ ।

देश विदेश जहाँ भएपनि हरेक नेपालीले आफ्नो राजनीतिक नेतृत्वबाट यहि अपेक्षा राखेका छन् ।
यसका लागि अभूतपूर्व साहस, एकता, अथक परिश्रम, दृढ अठोट, समकालिन नेपाली समाजमा छ । यो हाम्रो निधी हो यसलाई सदुपयोग गरौं । राजनीतिक नेतृत्वलाई इच्छाशक्ति र बुद्धिमताको यो कसीमा असफल हुने छुट छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *