सीमानामा तारबार लगाउनै पर्छः पम्फा भुसाल

काठमाडौं। नेकपाकी सांसद पम्फा भुसालले नेपालको पूर्ण नक्सा जारी गरिसकेपछि कूटनीति वार्ता र संवादबाट छिट्टै अतिक्रमित भूमि फिर्ला ल्याउन पहल चाल्नु पर्ने बताएकी छन्। शनिवार प्रतिनिधिसभा संसद्मा संविधान संशोधन विधेयकमाथिको छलफलमा भुसालले भूमि फिर्ताका लागि कूटनीतिक वार्ता तत्काल थाल्नु पर्ने बताइन्।

उनले भनेकी छन्, ‘नेपालको नक्सा जारी गरेका छौं। आज संविधानको अंग बन्दैछ। अब भूगोल फिर्ता ल्याउन लाग्नै पर्छ। त्यो हाम्रो हो। तथ्य प्रमाण सबैले पुष्टि हुन्छ।’ उनले नेपालका सीमालाई अब व्यवस्थित गर्नुपर्नेमा जोड दिइन्। भुसालले अब पनि भारतसँगका सिमाना खुला छोड्न नहुने बताइन्।

‘हामी २१ शताब्दीमा आइसक्यौ। अब खुला सीमा हुन्न। हामीलाई कोरोनाले एउटा पाठ सिकाएको छ। अब सीमा क्षेत्रलाई व्यवस्थित गर्न हामीले ख्याल गर्नै पर्छ,’ उनले भनेकी छन्, ‘वार्तापछि सिमाना नियमन गर्ने र दुई देशका जनतालाई सहज ढंगबाट आउन जान मिल्ने गरेर निश्चित नाका राखी अरू सिमानामा तार बार गर्ने दिशा तिर हामी जानै पर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =