भूमि फिर्ता ल्याउने विषयमा सबै नेपाली एक हुन्छन्ः देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भूमि फिर्ता ल्याउने विषयमा राष्ट्रिय एकता प्रदर्शित भएको बताएका छन्। शनिवार निशान छापमा समेटिएको नेपालको नक्सा परिवर्तनका लागि हुन लागेको संविधान संशोधनको दफावार छलफलमा देउवाले नयाँ नक्साका विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता भएको प्रस्ट पारे।

उनले सीमाका विषयमा काली नदी नै सीमा रेखा स्पष्ट उल्लेख भएको बताए। उनले भने, ‘सुगौली सन्धि १८१६ अनुसार कालीनदी पूर्वको भूभाग नेपालको भनेको प्रस्ट छ, ब्रिटिसले छापेको नक्सामा पनि यो प्रस्ट छ।’

कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै भूमि भएकाले त्यो भूमि नेपालमा समेट्नु जायज र स्वाभाविक भएको बताए। काँग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + six =