राजतन्‍त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदै छ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको बताएका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा प्रचण्डले गणतन्त्र आएपछि नेपाली भूमि फिर्ता ल्याउने प्रक्रिया अघि बढेको बताए।

‘राजतन्त्रले गुमाएको नेपाली भूभाग गणतन्त्र आएपछि फिर्ता ल्याउने प्रक्रिया अघि बढेको छ,’,उनले अगाडि भनेका छन्, ‘निरंकुश पञ्चायती तानाशाहीका प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने दिमा हामी आइपुगेका छौँ।’

उनले नेपाल गणतन्त्र र लोकतन्त्रसँगै संघीयता र समावेशीताको नयाँ युगमा प्रवेश गरेको प्रष्ट पारे। उनले राष्ट्रिय एकताको पक्षमा यो अभूतपूर्व सहकार्य भएको भन्दै प्रचण्डले यसमा साथ दिने राजनीतिक दल र सबैलाई धन्यवाद दिए। ‘यो कुनै व्यक्ति विशेषले गर्ने कुरा मात्रै पनि होइन। राष्ट्रिय सहमति बनाएर मात्रै यस्ता कुरा टुंग्याउन यसअघि प्रधानमन्त्रीलाई सुझाव दिएको थिएँ,’ उनले भने।

उनले भूमि फिर्ताको लागि आफ्नो पालामा पनि पहल र प्रक्रिया सुरु गरेको पनि बताए। उनले कूटनीतिक वार्तामार्फत विवादित भूमिको समाधान गर्ने पक्षमा नेपाल रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =