सरिता गिरी बोल्न खोजेपछि संसदमा होहल्ला
२०७७ जेठ ३१ गते

काठमाडौं। संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संशोधन प्रस्ताव अस्वीकृत भएको छ। गिरीले विधेयकमाथि दर्ता गराएको प्रस्ताव शनिबार प्रनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका हुन्।
प्रतिनिधिसभा नियमावली १ सय १२ बमोजिम नभएकाले सरिता गिरीको प्रस्ताव अस्वीकृत भएको सभामुख सापकोटाले जानकारी दिए। संसद सुरु भएपछि सभामुख सापकोटाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई बोल्न समय दिएका थिए। सोही क्रममा सांसद गिरीले बोल्न समय माग गरेकी थिईन।
त्यसपछि सभामुख सापकोटाले सुरुमा सरिता गिरीलाई संक्षिप्तमामा कुरा राख्न भनेका थिए। तर सत्तापक्षका सांसदले होहल्ला गरेपछि सभामुख सापकोटोले संशोधन प्रस्ताव प्रक्रिया नपुगेकाले अस्वीकृत गरेको जानकारी गराउँदै बोल्न समय नदिइएको बताए।
२०७७ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








