नोबेल अस्पतालमा लेजर प्रबिधिबाट पथरीयाको शल्यक्रिया सुरु (भिडियाे सहित)

बिराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले लेजर प्रबिधिबाट मृगौलाको पथरीया निकाल्न थालेको छ । बिनाचिरफार शरीरमा घाउ नबनाई लेजर प्रबिधिमार्फत मृगौलाको पथरीया निकाल्न थालिएको हो ।

ईजरायलबाट करिव दुई करोडको लागतमा लेजर मेसिनसहितका उपकरण ल्याएर बिना चिरफार मृगौलाको पथरीया निकाल्न थालिएको नोबेल अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार यो प्रबिधि मार्फत मुत्रनलीबाट दुरबिन छिराएर मृगौलासम्म पुर्याई लेजर प्रबिधिमार्फत पथरीया फुटाएर निकाल्ने गरिन्छ । नोबेलका यूरोलोजिष्ट डा.रामसागर शाह र डा.जीत श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको टोलीले लेजर प्रबिधिमार्फत शल्यक्रिया थालेको हो । 

यसअघि शरीरमा प्वाल पारी मृगौलाको पथरीया फुटाएर निकाल्ने गरिन्थ्यो । शरीरमा प्वाल बनाउँदा बिरामीको अस्पताल बसाई लामो हुँने र घाउ निको हुँन समय लाग्ने गरेको भएपनि प्वाल नबनाई लेजर प्रबिधिमार्फत ढुंगा निकाल्दा बिरामीलाई धेरै सहज हुँने नोबेलका यूरोलोष्टि डा.रामसागर शाह बताउँछन् । उनी भन्छन्–‘प्वाल पारेर पथरीया निकाल्दा घाउ निको हुँन करिब १५ दिन लाग्छ । तर, लेजर प्रबिधिबाट पथरीया निकाल्दा घाउ नै नहुँने हुँदा बिरामी भोलिपल्टै डिस्चार्ज हुन्छन्, पर्सीपल्टदेखि नर्मल अवस्थामा फर्कन सक्छन् ।’

यता, नोबेलमा प्रोस्टेटको पनि लेजर प्रबिधिबाट शल्यक्रिया थालिएको छ । चिरफार नगरी लेजर प्रबिधिबाट प्रोस्टेटको पनि शल्यक्रिया गर्न थालिएको नोबेलका यूरोजोजिष्ट डा.जीत श्रेष्ठले जानकारी दिए । नोबेलले लेजर प्रबिधिबाट शल्यक्रिया थालेपछि पूर्वी नेपालका बिरामीहरुलाई उपचारमा सहजता मिलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *