‘लकडाउनले विजनेश गर्ने योजना बन्द भयो’ मोडल शाही

एन्जिला क्षेत्री
काठमाडौं । पछिल्लो समय कि ब्यस्त र चर्चित मोडल संचिता शाही अहिले लकडाउनको समयमा घरमै बसी सरकारको नियमलाई पालना गरिरहेकी छिन् । मोडलिङ गरेर जिवनयापन गर्दै आइरहेकी मोडल शाही ८१ दिन देखि घरभित्रै रहेकी छिन् ।
लकडाउनको समयलाई सदुपयोग गर्दै मोडल शाहीले खाना पकाउन सिकेकी छिन् । मोडल शाहीले अहिले आफु परीवारसँगै बसेर खाना पकाउन सिकिरहेको बताइन् । ‘लकडाउनका कारण कतै जान नपाएपछि मैले यो समय खाना पकाउन सिक्न खर्च गर्दैछु ।’ उनले मकालु खबरसँग भनिन् ।

दैलेखको डाडीमाडीमा जन्मिएकी संचिताको आधा बाल्यकाल त्यहिँ बित्यो र केहि सुर्खेतको कोलडाडामा बितेको थियो । त्यसपछि उनी कलाकारितामा लाग्न काठमाडौं आएकी हुन् । यो बेला मोडल संचिता के गर्दै छिन् ? हामीले कुराकानी गरेका छौं ।

माेडल संचिता शाही

लकडाउनले कत्तिको असर परिरहेको छ ?

लकडाउनले गर्दा धेरै नै गार्हो भएको छ । कति कामहरु आइरहेका हुन्छन जान पनि पाइदैन । अरु कुनै व्यवसाय पनि छैन । जिवन चलाउनु पर्ने यहि कलाकारिता गरेर हो । घरमैं बस्दा बस्दा उकुसमुकुस भएको छ ।

लकडाउन अगाडी कत्तिको ब्यस्त हुनुहुन्थ्यो ?

प्रायः ब्यस्त नै रहन्थें । एउटै महिना कहिले काँही ८/१० वटा म्युजिक भिडियोको सुटिङ हुन्थ्यो । प्रायः मैले आधुनिक र लोकदोहोरी गीतहरु गर्छु । अलि अलि अरु प्याट्रनका गीतहरु पनि गर्ने गरेकी थिएँ ।

तपाईंको कलाकार बन्ने पहिला देखिकै रुचि थियोे कि पछि आएर सोच्नु भयो ?

पहिला त मेरो सपना डाक्टर बन्ने थियो, डाक्टर बन्ने सपना पुरा नभएपछि म अब कलाकार बन्छु भन्ने निर्णय लिँए । कलाकार बन्छु भन्ने सोची सकेपछि काठमाडौं आए । पहिला नै चिनेका केहि दाईहरु हुनुहुन्थ्यो त्यसैले काम गर्न सहज भयो ।

तपाई संचिता शाही भनेर कुन गीतबाट चिनिन थाल्नुभयो ?

मलाई दर्शकले संचिता शाही भनेर चिनेको म्युजिक भिडियो मौसम गुरुङ दाईको ‘अन्धोपन’ बाट हो । यो गीत भन्दा अगाडी मैले दुई वटा म्युजिक भिडियोमा अभिनय गरिसकेको थिँए तर मान्छेको भाग्य न हो कहाँ कति बेला चम्किन्छ थाहै हुँदो रहेनछ ।

हाल सम्म कति वटा गीतहरुमा अभिनय गर्नु भएको छ ?

मैले अहिले सम्म २५० जति म्युजिक भिडियोमा अभिनय गरिसकेकी छु ।

अब आगामी दिनहरुमा कस्तो खालको म्युजिक भिडियोहरु गर्ने सोच बनाउनु भएको छ ?

हुन त हामी कलाकारहरुले सबै खालको गीत संगीतहरु गर्नु पर्छ । तरपनि अब भने दर्शक स्रोताहरुले खोजिरहनु भएको अर्गानिक गीतहरु जुन गाउँघरमा झल्किने नेपाली कल्चरलका गीतहरु हुन्छन् त्यसमा अभिनय गर्ने सोचेकी छु । यस्ता गीतहरु सदाबहार गीतहरु हुन ।

आफुलाईं चिनाउँदा कसरी चिनाउनु हुन्छ ?

म आफुलाई संचिता शाही भनेर नै चिनाउन चाहन्छु । म कलाकार, मोडल हो भनेर म आम दर्शकलाई चिनाउँदै हिँड्दिन । सर्बसाधारणले आफुलाई जसरी चिनाउनु हुन्छ म पनि त्यसरी नै चिनिन चाहन्छु ।

अबको नयाँ योजना के छ ?

यो लकडाउन हुनु भन्दा अगाडी विजनेश गर्ने सोचेको थिँए । लकडाउनले गर्दा चौपट भैहाल्यो । लकडाउन खुलेपछि आफ्नै कलाकारितालाई केहि समय दिन्छु । तत्कालिन बिजनेश गर्ने अवस्था रहेन ।

के विजनेश गर्ने सोच्नु भएको छ ? अनि कलाकारिता र विजनेशलाई एकै चोटी अगाडी लैजान सकिन्छ ?

अब हेर्नुपर्छ बुटिक हुन्छ कि क्याफे हुन्छ । सुटिङ परेको बेला सुटिङमा जाने अघिपछि आफ्नो विजनेशमा समय दिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *