चितवनको माडीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ जेठ ३० गते

चितवन । चितवनमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनको माडी नगरपालिकाका थप ८ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले पुष्टि गरेको हो ।
संक्रमण पुष्टि हुनेहरुमा ३४, २५, ४७, २७, २७, ५१, ४५ र १९ वर्षीय पुरुष रहेका छन् । भरतपुर अस्पतालका प्रमुख मेसु श्रीराम तिवारीका अनुसार माडीका ८५ जनाको स्वाब परीक्षण गरिएको थियाे । तीमध्ये ८ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हो ।
यसअघि माडीका ६ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै माडीमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
त्यस्तै, भरतपुर अस्पतालबाट २९, क्यान्सर अस्पतालबाट २९, खैरहनी नगरपालिकाबाट ११, पुरानो मेडिकल कलेजबाट ८, चितवन मेडिकल कलेजबाट ८, देवघाट गाउँपालिकाबाट १५, राप्ती नगरपालिकाबाट १५ जना गरी जम्मा १८९ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।
२०७७ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








