युवाहरुको प्रश्न ‘सरकारको सरोकार रातो कार्पेटमा कि पिसिआरमा ?’ (१२ तस्विर)

काठमाडौं । युवाहरुद्वारा स्वतः स्फुर्त शुरु गरीएको सरकारी विरोधी प्रर्दशनले ब्यापकता पाएको छ । सामाजिक सञ्जाल मार्फत एकत्रित भएका युवाहरुले प्रदर्शनको सेड्युल नै बनाएर कोभिड–१९ स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र कोरोना उपचारमा सरकारले देखाएको कमजोरी प्रति विरोध जनाइरहेका छन् ।

आज मात्रै देशका विभिन्न स्थानहरुमा भेला भएका युवाहरुले सरकार विरोधी प्रदर्शन गरे । राजधानी काठमाडौं देखि भक्तपुर, ललितपुर, बनेपा, पनौति, धुलिखेल, तनहुँ, वुटवल, पाल्पा, दाङ, भैरहवा, हेटौडा लगायतका स्थानमा भेला भएर युवाहरुको जमातले सरकार विरोधी प्रदर्शन गरेका छन् । यसैगरी जनकपुर, धरान, नेपालगञ्ज लगायतका शहरमा पनि युवाहरुले प्रदर्शन गरेका छन् ।

धनकुटा
धनकुटा
धनकुटा
धनकुटा
धनकुटा
धनकुटा

कोरोना रोकथाम र उपचारमा सरकारले चरम भ्रष्टाचार गरेको, क्वारेन्टाइनमा राखेका नागरिकलाई वेवास्था गरेको, पिसिआर टेस्ट नबढाएको, विदेशबाट नेपालीलाई स्वदेश ल्याउन पहल नगरेको बताएका छन् ।

प्रदर्शनमा युवाहरुले ‘१० अर्ब खै ?, सरकारको सरोकार रातो कार्पेटमा कि पिसिआरमा ?, कर के का लागि ?, क्वारेन्टिन किन गोठमा ?, असुरक्षित क्वारेन्टिन बन्द गर, अब त अत्ति भो, खाएर बेसार हुँदैन कोरोनाको उपचार लगायत लेखिएका प्ले कार्डहरु प्रदर्शन गरीएका छन् ।

वुटवल
वुटवल
वुटवल
वुटवल
वुटवल

केही दिन यता शुरु भएको फेसवुक अभियान देश्ब्यापी बन्दै गइरहेको छ । मुलुकमा प्रमुख शहरहरुमा स्थानीय युवा, विद्यार्थीहरु सरकारको कार्यशैली प्रति सडकमा उत्रिएका छन् । भोली संसदबाट नेपालले जारी गरेको नयाँ नक्सा पारित गर्ने कार्यक्रम रहेकोले सोको समर्थन र भारतीय अतिक्रमणका विरुद्ध पनि युवाहरुले बृहद् प्रदर्शन गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा Covid-19 Nepal: Enough Is Enough! बनाएर थालिएको अभियानले ब्यापकता पाएपछि हिजो नै गृह मन्त्रालयले लकडाउनका बेला अनावश्यक भिडभाड र प्रदर्शन गर्नेलाई कडा कारवाही गर्ने जनाएता पनि युवाहरुले सरकारी आदेशको अवज्ञा गरेका छन् ।

सबै तस्विरहरू, Covid-19 Nepal: Enough Is Enough! बाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *