२२२ जनालाई बक्स अफिस म्युजिक अवार्ड

काठमाडौं । नेसनल बक्स अफिस म्युजिक अवार्ड–२०७६ रसिया संस्करण अन्तर्गतको अवार्ड यसपटक काठमाडौंमा सामाजिक दुरी कायम गर्दै लकडाउनको बीच प्रदान गरिएको छ ।

कोभिड १९ को कारण विश्व नै लकडाउनमा रहेको अवस्थामा यो अवार्ड कार्यक्रम वक्स अफिस इन्टरनेसनल ग्रुपले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गर्दै सम्पन गरेको हो ।

कोभिड १९ को मारमा देश, समाज र कलाकारहरुलाई सकारात्मक उर्जा प्रदान गर्दै विश्वमै पहिलो पटक यस्तो अवार्ड सम्पन्न भएको संस्थाका अध्यक्ष रामबहादुर सुवेदी ‘आरके’ले बताए ।

सुवेदीले यो भन्दा अघि पहिलो पटक उडिरहेको हवाई जहाज, समुन्द्र भित्र पानीमा, पानीमाथि र विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरमा रचनात्मक अवार्ड आयोजना गरेर गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नेपालको नाम दर्ता गराई सकेका छन् ।

यसै क्रममा यस पटक पनि विश्व किर्तिमानको मापदण्ड पूर्ण पालना गर्दै यो अवार्ड प्रदान गरिएको हो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष्य रविन्द्र खड्का, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य अशोक राई, ए डिभिजन मनाङ्ग मस्याङ्गदी क्लबका अध्यक्ष्य छिमि गुरुङ्ग, समाजसेबी सोनाम गुरुङ, वरिष्ठ पत्रकार मदन कुमार श्रेष्ठ र सिता देवी श्रेष्ठलगायतको विशेष आतिथ्यमा सो अवार्ड प्रदान गरियो ।

आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्म सार्वजनिक भएका चलचित्र, आधुनीक, लोक दोहोरी, लोक, पप, राष्ट्रिय भावनाले ओतप्रोत, तिज, चाडपर्व, भाषाभाषिक, प्रवास, मोफसलसहित प्रतिविधा ३२ ओटाको दरले २२१ का तर्फबाट यो बर्षको कार्यक्रममा अवार्ड प्रदान गरिएको छ ।

आयोजक बक्स अफिस इन्टरनेशलन ग्रुपले कार्यक्रममा आयोजक अवार्ड, इन्करेजमेन्ट अवार्ड, पब्लिक च्वाईस अवार्ड, क्रिटिक्स अवार्ड र जुरी अवार्ड प्रदान गरेको हो । प्रतियोगितामा संगीतकार शम्भुजीत बास्कोटा, राजु सिंह, महेश खड्का, चेतन सापकोटा, वसन्त सापकोटा निर्णायक थिए ।

अवार्डका लागि ३ हजार ७ सय ओटा गीत, संगीत र म्युजिक भिडियोले आवेदन दिएका थिए । नेसनल बक्स अफिस म्युजीक भिडियो २०७६ संस्करणको विभिन्न विधामा रलिज भएका गित संगितलाई बिधा अन्तरगत गायिका ज्ञानु राणा, गायक आनन्द कार्की, यम बराल, गायिका अन्जु पन्त, निर्देशक शोभित बस्नेत, निर्देशक मदन घिमीरे, संगीतकार चेतन सापकोटा, दिपक रमण, गायक देव कुमार चौधरी, मोडल धिरेन शाक्य, सितल केसी, गायक मोडेल सिताराम पोखरेल, गायिका मेलिना राई, गीतकार प्रभु शाह गायक प्रमोद खरेल, निर्र्देशक ज्योति काफ्ले गीतकार, डब्बु क्षेत्री निर्देशक, राजु अधिकारी संगीतकार विकास चौधरी, नृत्य निर्देशक दिनेश पाख्रिङ्ग, निर्देशक अमर ओली, मोडल विनोद श्रेष्ठ, राष्ट्रिय गीतकार भूमिका लिम्वु सुवास भिडियो नायक पब्लिक तर्फ अनमोल केसी, जुरिबाट पल शाह लगायत ब्यक्ति पुरस्कृत भएका थिए ।

बर्षा शिवाकोटि पब्लिकबाट सुहाना थापा, नृत्य निर्देशक कविराज गहतराज गायक, गायक प्रकाश सपुत, संगीतकार वसन्त सापकोटा, गीतकार राजेश कुमार श्रेष्ठ मैथलि निर्देशक सुवास गजुरेल गायक जित वहादुर पुन गायक नारायाण थापा लगायत दर्जनौं गायक गायिका, कलाकार मोडल, संगितकार, गीतकारहरु पुरस्कृत भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *