‘स्वास्थ्य सामग्रीको सूची राखेर संसदमा छलफल चलाउन तयार हुनुहुन्छ प्रधानमन्त्री ज्यू ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना संक्रमण नियन्त्रण रोकथाम र उपचारमा सरकार असफल भएको भन्दै सरकारकै कारण मुलुकमा कोरोना संक्रमण फैलिइरहेको बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजित विधेयक २०७७ माथिको छलफलको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै नेता थापाले प्रधानमन्त्रीलाई कोरोना भाइरसका बारेमा राम्रो ज्ञान नहुनु डरलाग्दो कुरा भएको पनि बताए ।

उनले सरकारले पाँच वटा पिरिआर मेसिन किनेकोमा ५ वटै नचलेको जिकिर गरे । ‘सरकारले पिसिआर मेसिन ५ वटा किन्यो ५ वटै चल्दैन ।’ थापाले आफुले बनाएको क्वारेन्टाइनको मापदण्ड एकपल्ट पढ्नु भएको छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे ।
प्रधानमन्त्रीले नेपालहरुसँग रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढिरहेको बताउँदा गगन थापाले ‘हाम्रो रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढि छ भनेर कसले भन्यो ?’ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे ।

साथै उनले नेपालमा मृत्यु संख्या कम छ भन्ने उमेर समुहको आधारमा मृत्यु भएको विश्वव्यापी संख्यासँग दाँजेर प्रधानमन्त्रीले भनेकाे हो कि हैन भन्दै प्रश्न सोधे । उनले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारका विषयमा स्वास्थ्य सामग्रीको सूची राखेर संसदमा छलफल गर्न आफु तयार रहेको बताए । यस अघि संसदमा विनियोजित विधेयक माथि उठेको प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिँदै स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार नभएको जिकिर गरेका थिए ।

‘स्वास्थ्य सामग्रीको सूची राखेर संसदमा छलफल चलाईनको निम्ति म प्रधानमन्त्रीलाई खुल्ला आब्हान गर्दछु । तयार हुनुहुन्छ सम्माननीय प्रधानमन्त्री ज्यू !’ उनले प्रश्न गरे ।

उनले भारतमा रहेका नेपालीको उद्दारका लागि सरकारले गरेको काम प्रति प्रश्न उठाए । ‘जुन अवस्थामा भारतबाट नेपाली नागरिकहरु ल्याइएका छन् ती ब्यक्ति हुन् कि नेपाली नागरिक हुन् ? ती नागरिकको बारेमा चिन्ता गर्ने, आउँदैछन् भन्ने कुरामा जानकारी राख्ने, तिनको लागि क्वारेन्टिनको तयारी गर्ने, सरकारले हो । वा हामीले गर्दिनु पर्ने हो ?’ उनले प्रधानमन्त्रीलाई प्रश्न गरे ।

साथै थापाले सरकारले कोरोना संक्रमण नियन्त्रण र उपचारमा विशेष ध्यान दिएर ‘एउटा पनि कोरोना संक्रमित नभएको वा कम भएको भन्दै न्यूजलेण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री नाचेको हेर्न पाइन्थ्यो ।’ भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *