लकडाउनः राजाराम भन्छन्– ‘जेलमा बसेको जस्तो महसुस भएको छ !’

काठमाडौँ । हाँस्य कलाकार राजाराम पौडेलले लकडाउन अवधिमा जेलमा बसेको जस्तो महसुस भएको बताएका छन् । सधैँ काममा व्यस्त हुने उनले बाहिर निस्कन नपाएका कारण पनि यस्तो महशुष गरेका हुन् ।

काठमाडौँको नक्साल नागपोखरी भन्ने ठाउँमा जन्मे–हुर्केका पौडेलको बाल्यकाल राम्रैसँग बित्यो । सानैदेखि चञ्चले स्वभावका पौडेल मध्यम वर्गीय परिवारमा हुर्किएका हुन् । उनको घरमा हजुरबुवा, हजुरआमा, बुवा, आमा, २ जना बहिनी र एक भाइ छन् ।

७–८ वर्षको हँदादेखि नै उनी रेडियो नेपालको बाल कार्यक्रममा भाग लिने गर्थे उनी । उनले बाल कार्यक्रममा भाग लिँदाका साथीहरु भुवन केसी र शम्भुजित बाँस्कोटा थिए ।

पौडेलको चलचित्र करियर २०३९ सालमा रिलिज भएको ‘बासुदेब’ बाट सुरु भएको थियो । त्यसमा उनको सानो रोल थियो । मदन कृष्णलाई चिठी पुर्याउने सिन गरेका थिए । उनले हालसम्म १५० भन्दा बढी चलचित्र र दर्जनौँ टेलिसिरियलमा काम गरिसकेका छन् । उनलाई म्युजिक भिडियोतिर पनि देख्न सकिन्छ ।

काठमाडौँकै बासिन्दा भएका कारण पाैडेलले जीवनमा त्यति संघर्ष भने गर्नु परेन । आज यो ठाउँमा पुग्नुमा आफ्नो श्रीमतीको हात भएको उनी सुनाउँछन् । उनले अहिलेसम्म पनि घर-व्यवहार हेर्नुपरेकाे छैन । उनकाे श्रीमतीले नै सबै व्यवहार सम्हाल्दै आएकाे उनी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *