मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको नयाँ मोडालिटी घोषणा गर्ने तयारी

काठमाडौं । लकडाउनको जनस्तरबाटै उल्लङ्घन हुन थालेपछि सरकारले नयाँ मोडालिटी तय गरेर जनजीवन सहज बनाउने तयारी गरेको छ । आज दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले आगामी लकडाउनको ढाँचा टुंगो लगाउने भएको हो ।

बैठकमा लकडाउनको नयाँ मोडालिटी, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुने बुझिएको छ । यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ ।

दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको हो । उक्त प्रस्तावमाथि आवश्यक छलफल गरेर नयाँ मोडालिटी घोषणा गर्ने तयारी सरकारको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ ।

लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुग्नुका साथै जीवनयापन संकटमा परेको भन्दै लकडाउन खोल्न सरकारमाथि चर्को दबाब परेको छ । जारी लकडाउन जेठ ३२ गतेसम्म रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *