भूपू र मेलिनाको ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं । ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेघ मल्हार’ रागमा तयार पारिएको गीतमा नारायण नेपालको शब्द, भूपू पाण्डे र मेलिना मैनालीको आवाज रहेको छ ।

मंगलबार (आज) भूपू पाण्डे अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भिडियोमा टिकटकबाट चर्चित उषा उप्रेती र स्वयम् पाण्डेको अभिनय देख्न सकिन्छ । यसअघि रोमान्टिक तथा चन्चले अवतारमा देखिने उषाले पहिलो पटक ‘स्याड ट्रेजेडि’ भिडियो गरेकी हुन् ।

अछामको तुल्ता गाउँ र भारतको राजस्थानमा खिचिएको भिडियोमा, मध्ये तथा सुदुरपश्चिम नेपालका नागरिकको जनजीवन तथा भोगाईलाई चित्रण गरिएको छ । रोजगारीको अभावले गाउँ छोडि कयौँ नेपाली परदेशिन बाध्य छन् । भौगोलिक विकटताका कारण रोजगारीका लागि भारत गएका श्रीमानलाई सम्झँदै, जानुअघि खिचिएको फोटो हेरी श्रीमतीले पर्खिरहेको भिडियोमा देख्न सकिन्छ ।

योगेश दाहालको छयांकन, मनोज कार्कीको दृश्य सम्पादन रहेको भिडियोको रंग संयोजन श्याम कुँवरले गरेका हुन् ।
लुमिनस पोस्टओर्क्स, कि-लाइट मोशनपिक्चर र सागर बाबु भट्ट प्रोडक्शनको सहकार्यमा दृश्य निर्माण भएको भिडियोको निर्माता स्वयम् गायक पाण्डे हुन् ।

भिडियोको रचनात्मक तथा ग्राफिक्सको पाटो पवन सिंखडाले सम्हालेका हुन् भने भिडियोको निर्देशन सागर बाबु भट्टले गरेका हुन् । गीतमा संगीत संयोजन गायक पाण्डेले गरेका छन् भने संगीत मुद्रण नरेन्द्र वियोगीले गरेका हुन् । भिडियोमा, परदेशका कारण बिछोडिएका जोडिबिचको प्रगाढ माया र विछोडको पीडालाई निर्देशकले सुन्दर ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।

यो गीत मार्फत् मेलिना मैनालीले सांगीतिक क्षेत्रमा डेब्यु गरेकी छिन् । शास्त्रीय संगीतमा मास्टर गरेका गायक पाण्डेले आफ्नो गीतमा नव गायिका मेलिना मैनालीलाई अवसर दिएका हुन् । ‘यो भिडियो बनाउन हामीले एकदमै मेहेनत गरेका छौँ । सकेसम्म राम्रो बनाउने कोशिस गरेका छौं । आशा छ,  दर्शक श्रोताहरुले मन पराईदिनु हुन्छ,’ निर्देशकको भनाइ छ ।

हेर्नुहाेस् भिडियाेः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *