अर्थमन्त्रीलाई प्रश्नः तपाईँले किन राजीनामा नदिनु भएको ?
२०७७ जेठ २७ गते

फाइल
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले अर्थमन्त्री युवराज खतिवडाको राजीनामा मागेका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा विद्युतिय सवारीमा अर्बौँ घोटाला भएको भन्दै सांसद सुवालले अर्थमन्त्रीको राजीनामा मागेका हुन् ।
विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा सांसद सुवालले अर्थमन्त्रीलाई तपाईँले किन राजीनामा नदिनुभएको ? भन्दै प्रश्न गरे । उनले भने, ‘रेल दुर्घटनामा भारतीय रेलमन्त्री लालबहादुर शास्त्रीले राजीनामा दिए । विदेशी बैंकमा डलर जम्मा गरेका कारण नेपालका अर्थमन्त्री रामशरण महतले राजीनामा दिएका थिए । यो विद्युतीय सवारीमा अर्बौं घोटाला भएको छ। अर्थमन्त्रीले राजीनामा दिनुपर्छ। किन राजीनामा नदिनु भएको ?’
२०७७ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित








