थाइलेण्डमा छोरीहरुसँग रमाउँदै पूर्वयुवराज्ञी हिमानी (भिडियाे सहित)

काठमाडौं । हिमानी शाहलाई आम नेपालीले रुचाएका छन् । पूर्व युवराज पारस शाहकी पत्नी भएपनि हिमानी शाह सामाजिक क्षेत्रमा सक्रिय रहेकीले आम जनताले उनी प्रति सहानुभूती प्रकट गर्ने गर्दछन् ।

हिमानी ट्रष्ट मार्फत गरिब, असहायहरुलाई विभिन्न प्रकारले सहयोग गर्दै आइरहेकी हिमानीको सुन्दरता र बौद्धिकताको पनि उत्तिकै चर्चा हुने गर्दछ । हिमानीको सुन्दरताले उनलाई तीन सन्तानकी आमा भनेर कसैले अनुमान गर्न सक्दैनन् ।

हालैमात्र हिमानी आफ्ना दुई छोरीहरुसँग थाइलेण्डमा टिकटकमा नृत्य गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोलाई अत्याधिकले रुचाएका छन् ।

लकडाउनका कारण थाइल्यान्डमै रोकिएकी पूर्व युवराज्ञी साहले टिकटकमा छोरीहरूसँग नाचेको भिडियोले सामाजिक सञ्जालमा राम्रो प्रतिकृया पाइरहेको छ । हिमानीकी जेठी छोरी पूर्णिमाको टिकटक अकाउन्टबाट सार्वजनिक उक्त भिडियोमा हिमानी ‘गुराँसको फेदमुनि सम्झनाको छाया’ गीतमा नृत्य गरेकी छिन् ।

 

@purnikarlds

We got it from our momma!! @kriii_shah we honestly have an amazing mother. 🌺❤️

♬ original sound – purnika_shah – purnika_shah

यस्तै कान्छी छोरी कृतिकाको टिकटक अकाउन्टमा दुइटा भिडियो सार्वजनिक भएको छ । जहाँ उनी ‘जसो गर जे भन जता सुकै लैजाउ मलाई’ बोलको नेपाली गीत र एक अंग्रेजी गीतमा नृत्य तथा अभिनय गरिरहेकी छिन् ।

हिमानीका पति पूर्व युवराज पारस शाहले पनि भिडियो ‘मेरो परिवार’ भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन् । भिडियोलाई अहिलेसम्म ८ हजार बढिले लाइक गरेका छन् भने करिब ५ सय कमेन्ट आएका छन् । कमेन्टमा सबैले हिमानी र छाेरीहरूकाे सुन्दरता र नृत्यको तारिफ गरेका छन् ।

https://www.tiktok.com/@kriii_shah/video/6835678443955375366

@kriii_shah

Thank you so much 1k!! Say hi to Mamu!!!

♬ Nepali Ho – Prashant Tamang

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *