‘नुहाउनु पर्ने शरीरलाई के पानी छर्केर मात्र मिल्छ ?’

काठमाडौं । प्रतिनिधिसभामा एकै दिनमा दर्जनौं मन्त्रालयहरुको बजेट माथि छलफल गराइनु झारा टार्ने काम भएको प्रतिनिधिसभा सांसद प्रेम कुमार सुवालले बताएका छन् ।

संसदमा जारी विनियोजित विधेयकमा आज एकै दिन २२ वटा मन्त्रालयहरुको विधेयकहरु प्रस्तुत गर्ने कार्यसूची भएपछि उनले संसदमा ‘छलफल औपचारिकताका लागि मात्र ल्याइएको हो ? भन्दै प्रश्न गरे ।

सांसद सुवालले भने–‘नुहाउनु पर्ने शरीरलाई के पानी छर्केर मात्र मिल्छ ? के यस्तै विपद् हो भनेर पण्डित ल्याएर संसदमा बजेट पारीत भएको घोषणा गराउने दिन पनि आउँछ कि ?’

संसदमा केही दिन यता विनियोजित विधेयक २०७७ माथि लगातार छलफल भइरहेको छ । एकैदिन दर्जनौं मन्त्रालयहरुसँग सम्बन्धीत बजेटमा माथि छलफल चलाउँदा पर्याप्त छलफल र अध्ययन हुन नपाएको सांसद सुवालको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *