गायक नरेश खातीको ‘माया मारेर’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । लोक दोहोरि गायक तथा सर्जक नरेश खाती र गायिका समिक्षा अधिकारीको ‘माया मारेर’ बोलको गीत बजारमा आएको छ । गायक खातीको शब्द, संगीत रहेको गीतमा आफूले माया गरेको मान्छेलाई छोडेर नजान खाती र अधिकारीले एक अर्कालाई अनुरोध गरेका छन् ।

कृष्ण बिक (भान्जा) को म्युजिक एरेन्ज रहेको उक्त गीतलाई दर्शकले छोटो समयमा नै अत्यधिक मन पराएका छन् । सो गीतलाई टिक टकमा पनि धेरै रुचाइएको छ । गीतको अडियो तथा भिडियो गोर्खा म्युजिक प्रालिले निर्माण गरेको जसको निर्देशन गायक नरेश स्वयमले गरेका छन् ।

भिडियोमा कमल ढुंगाना, रुपेश आले मगर, गेम थापा, बल बहादुर, नरेश खाती, समिक्षा अधिकारी लगायतलाई देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *