मनकारी ईकु सुलेमान: लकडाउनमा लेख्दैछन् चलचित्रको कथा

काठमाडौँ। अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) ले गर्दा अन्य क्षेत्रसँगै कला क्षेत्रलाई पनि असर परिरहेकाे छ । कलाकर्मीहरू पनि यसकाे असर भाेगिरहेका छन् । अहिले उनीहरू पनि घरैमा परिवारसँग समय बिताइरहेका छन् ।

यस्ताेमा हेटौँडामा जन्मिएका कलाकार ईकु सुलेमान शंकर पनि घरैमा छन् । उनी सानैदेखि कमेडी डान्स गर्थे । यो महामारीका बेला कलाकार ईकु सुलेमान शंकर पनि सरकारको नियम पालना गर्दै परिवारसँगै बसेर दिन बिताइरहेका छन् । उनले कति हेर्छु भनेर थाँती राखेका चलचित्रहरु अहिले  खाली समयमा हेर्ने मौका पाएका छन् । यो फुर्सदको समयमा गीतहरु र फिल्महरु पनि सोच्ने अवसर पाएका छन् । उनले कमेडी जनराको चलचित्र बनाउने कन्सेप्ट लिएका छन् र उनले लोक गीतहरु पनि तयार पारेका छन् । लकडाउन खुलेपछि तत्कालै रेकर्ड गर्ने तयारी पनि गरेको र जुन आफैँ गाउने सोच पनि बनाएका छन् ।

उनले यो भन्दा अगाडि एउटा गीत गाइसकेका छन् । उनले स्कुल कलेजहरुमा साथीहरुको अगाडी कमेडी गर्थे । कमेडी गर्दा उनका साथीहरुले त कमेडी बन्छस् भन्थे । उनलाई पनि होकी जस्तो लाग्थ्याे । फेरी कहिलेकाहीँ होइन कि जस्तो पनि लाग्थ्याे । त्यसैक्रममा उनले तितो सत्यमा काम गर्ने मौका पाए । उनको एउटा सानो भूमिका थियो, जहाँ उनले पछाडी बसेर तालि बजाउनु पर्थ्याे । उनले तितो सत्यमा धेरै समाए काम गरिसकेपछि उनले मेरी बास्सैमा जंगली मान्छेको क्यारेक्टरबाट पनि काम गर्न थाले ।

उनीसँगै सिताराम कटेल (धुर्मुस) र केदार प्रसाद घिमिरे माग्ने (बुढा) सँगै संघर्ष गरेका थिए । माग्ने बुढा आफ्नै ठाउँ हेटाैँडाकै भएकै कारण उनि अझै नजिक भए । ईकुलाई यो फिल्डमा परिवारको खासै सपोर्ट भने छैन बुबाको अलि अलि सपोर्ट छ । परिवारभित्र काेही पनि कलाकारितामा नलागेको कारण घर परिवारबाट उनलाई सपोर्ट भने मिलेन । कलाकारितामा लागिसकेपछि उनलाई परिवारले विदेश पठाउनको लागि पासपाेर्ट बनाई दिएका थिए । उनि आफैँ पनि स्क्रिप्टहरु लेख्ने भएका कारण परिवारसँग १ वर्षका लागि समय मागे ।

उनि मेरी बास्सै खेलिरहे र त्यसैबाट उनी हिट पनि भए । जब उनि मेरी बास्सैमा हिट भए तब अरु कामहरु छोडेर पुरा समय कलाकरितामा लागे । ठुलो परिवारमा हुर्केका इकुको बाल्यकाल भने हेटाैँडामै बित्यो । ६ जना दाजु भाई, २ जना दिदीबहिनी, बाबा आमा गरि १० जनाको परिवार थियो । उनि घरका साइला छोरा थिए । संघर्ष गर्दै गर्दा कहिले खान समेत पाएका थिएनन् । उनि मध्यम वर्गिय परिवारमा हुर्किएका कारण खान बस्न पनि गाह्राे हुन्थ्याे । उनले दर्जनौँ फिल्म मा काम गरिसकेका छन् । आफैँले पनि ३ ओटा चलचित्रहरु निर्माण गरिसकेका छन् । इकु १ , इकु २ , र फिर्के ।

अहिले पछिल्लो समय उनि १४ जना बच्चाहरुलाई आफुसँग राखी उनीहरुको सेवा गरिरहेका छन् । उनलाई सानैदेखिको साैख थियो, दुःखि गरिब, असहायहरुको सेवा गर्ने । २०७२ सालको भुकम्पपछि उनि विभिन्न ठाउँमा राहत बाँढ्न गए । सिन्धुपाल्चाेक, काभ्रे , नुवाकोट विभिन्न ठाउँमा राहत बढ्न जाँदा उनले त्यहाँ आमा बुवा घुमेका नानी बाबुहरू देखे । उनले सोचे – ‘यीनै नानी बाबुहरुले इकु भनेकै कारण आज म यो स्थानमा छु । अब म यिनीहरुको लागि केहि गर्छु ।’

त्यसपश्चात् उनले स्नेहा आश्रम खोलि नाम दर्ता गरि गुहेश्वरिमा सुरु गरे । उनले त्यहाँ आश्रम त खोले तर त्यहाँका बासिन्दाहरुले भने उनलाई कोठा दिएनन् । कारण- उनीहरुलाई चिन्ता थियाे कि  ति गरिबका छोराछोरी आफ्ना छोरा छोरीसँग खेल्न आए भने के होला !

जब उनले ति नानी बाबुहरुलाई हेर्न थाले अनि उनलाई महसुस भयो कि आफुलाई बाबा आमाले कति दु:ख गरेर हुर्काउनु भएको रहेछ । सानोमा सोझो र सरल स्वभावका इकु लडाईं झगडादेखि टाढै थिए । बरु उनलाई साथीहरुले कुटे भने रुँदै घर जान्थे । उनले कोरियामा हुँदा बुबाको पहिले नै मृत्यु भइकेको र आमा वीर हस्पिटलमा उपचार हुँदाहुँदै मृत्यु भएको आमाको दुध चुस्दै बसेका ति बच्चाहरुलाई पनि उनले उद्दार गरेका छन् । जसको लास उठाउने पैसा नभएर त्यही वीर राखिएकाे थियाे । इकुले कोरिया बाटै पैसा पठाए र लासको अन्त्येष्टि गराए ।

उनले केहि बच्चाहरुलाई सरकारी स्कुलमा र ५ जनालाई बोर्डिङ स्कुलमा पढाएका छन् । सबै खर्च गरेर महिनाको २ लाख जति हुन आउछ । जुन खर्च उनले केहि आफ्नै र केहि साथीहरुको सहयोगबाट व्यवस्थापन गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *