कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ६४१ पुगेको छ । आज थप ५४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६४१ पुगेको हो ।

सल्यान, सुर्खेत, दैलेख र कालीकोटमा क्रमशः २८, २०, ३ र ३ जना संक्रमित थपिएको त्यहाँको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभाग प्रमुख लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेशमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *