‘डा. शेखर काेइराला माथिकाे प्रहार कांग्रेस माथिकाे प्रहार हाे’

  • शिव रिमाल

श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यू

देश अहिले कोरोनाको कारणबाट भयावह स्थितिमा छ भने अर्कोतिर भारतले नेपालको सिमा मिचेर हामीलाई ठाडो चुनौती दिएको छ। नेपाली कांग्रेस पार्टी भित्र विविध असहमति हुदाहुँदै पनि केन्द्रीय समितिका सबैजना कोराेना र राष्ट्रियताको विषयमा एकजुट हुँदै केन्द्रीय सभापति एवं सरकारलाई सहयोग गर्दै अगाडि बढेको सबैमा सर्वबिधितै छ ।

चीनले सगरमाथा माथि आफ्नो दावि प्रस्तुत गर्दा तत्कालीन प्रधानमन्त्री जननायक वि.पी.कोईरालाको अग्रसरतामा चिनियाँ सर्वोच्च नेता माओत्से तुङ्सँग कुटनैतिक वार्ता मार्फत सगरमाथा नेपालीको हो भनि प्रमाणित गर्नु भएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले संसदमा दिएको मन्तव्य विरुद्ध नेपालका तत्कालीन प्रधानमन्त्री वि.पी.कोइरालाले “नेपालीको सर्वभौमिकता माथी आक्रमण भएको ठहर गर्दै” भारत सरकारलाई पत्र पठाउनु भएको थियो । र, तत्कालै भारतीय प्रधानमन्त्रीले संसदमा माफी नै मागेका थिए ।

स्वर्गिय प्रधानमन्त्री सुशील कोइरालाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाल हो भनी भारतलाई कुटनैतिक पत्र पठाउनु भएको थियो भने चिनियाँ राजदुतलाई बालुवाटार बोलाएर स्पष्टीकरण सोध्नुभएको थियो। इतिहासदेखि वर्तमानसम्म नेपालीको राष्ट्रियतालाई मजबुत बनाउन र देशमा लोकतन्त्र स्थापना गर्न कोइराला परिवारको महत्त्वपूर्ण योगदानलाई हामी सबैले सम्मान गर्नुपर्छ।

ईतिहास साक्षी छ। आम नेपाली जनताको साथमा कोइरालाहरूले मुलुक जोगाए । प्रजातन्त्र स्थापना गरे । पार्टी स्थापना गरे । बिवाह पुर्व तपाई डा. आरजु राणा स्कुल चलाउँने, कन्सल्टेन्सी चलाउने एनजिओ, आइएनजिओ र सरकारी निकायसँग ओजस्वी बिचौलियाको काम गरेर बस्नुहुन्थ्यो। कुनैपनि लोकतान्त्रिक आन्दोलनसँग बिवाह पुर्व उहाँको साईनो भेटिँदैन।

हेक्का राख्नोस्- डा. शेखर कोइराला जेल पर्दा र प्रवासमा बसेर प्रजातन्त्रको लागि लडिरहँदा मात्रै होईन तत्कालीन माओवादीसँग दिल्लीमा गएर तिलस्मी वार्ता गरिरहँदा तपाई आरजु राणा नेपाली राजनीतिकाे छेउमा पनि आउनु भएको थिएन।

आज नेपाली कांग्रेसका एक खम्बा लोकप्रिय नेता डा. शेखर कोइरालाको बिषयमा कम्युनिष्ट पार्टी समर्थित अनलाइन मिडियामा राजनीतिक चरित्र हत्या गर्न उद्देश्यले वर्तमान पार्टी सभापति ज्युको धर्मपत्नी एवं नेपाली कांग्रेसको एक जिम्मेवार नेतृ डा.आरजु राणाले गलत समाचार लेखाउँनु र शेयर गर्नु र कू नियतका साथ पार्टीको गरिमालाई बदनाम गराउन खोज्नु घोर आपत्तिजनक छ।

डा. आरजु राणा तपाईंको नियत “रुख काटेर हलो बनाउन खोज्नु” नेपाली कांग्रेस पार्टी माथिको दु:खद प्रहार हो । त्यसकारण यस्ता गलत समाचार सम्प्रेषण गर्ने जो कोहीलाई पनि नेपाली कांग्रेसको मर्यादा र अनुशासनमा राख्न आदरणीय पार्टी सभापतिज्युमा यस खुल्ला पत्र मार्फत विनम्रता पुर्वक हार्दिक अनुरोध गर्दछु।

जय नेपाल ।

नि.केन्द्रीय कोषाध्यक्ष
नेपाल विद्यार्थी संघ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *