कर्णालीमा कोरोना सङ्क्रमितको संख्या पाँच सय नाघ्यो (विवरणसहित)

काठमाडौँ। कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच सय नाघेको छ। शनिवार थप ९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा सङ्क्रमितको कूल सङ्ख्या ५८७ पुगेको छ।

सङ्क्रमितहरू सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उक्त संख्यामा सङ्क्रमित पुष्टि भएको हो।

पुष्टि भएकामध्ये डोल्पाका सङ्क्रमितको भने मृत्यु भएको छ। उनको जेठ २१ गते मृत्यु भएकोमा संकलित स्वाबको नमुना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *