अमेरिकी डिभिको नतिजा भोली राती प्रकाशित हुँदै, कसरी हेर्ने ?

काठमाडौं । अमेरिकाले विदेशी नागरिकका लागि प्रदान गर्दै आइरहेको डाइभर्सिटी भिसा ( डिभी) २०२१ को नतिजा भोली प्रकाशन हुने भएको छ । नेपाल स्थित अमेरिकी दुतावासका अनुसार भोली राती ९ः४५ बजे डिभीको नतिजा प्रकाशन हुन लागेको हो ।

नजिता हेर्नका लागि डिभी भर्दाको समय प्राप्त गरेको कन्फरमेसन कोड आवश्यक पर्दछ । डिभीको नतिजा हेर्नका लागि https://dvprogram.state.gov/लगइन गर्नुपर्दछ ।

त्यसपछि आफुसँग डिभी भर्दाको कम्फरमेसन कोड प्रयोग गर्नु पर्दछ । यदी आवेदकले कम्फरमेसन कोड विर्सिए वा हराएपनि चिन्ता लिनु पर्दैन । “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिंदा नतिजा हेर्न मिल्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *