राहत वितरणमा असन्तुष्टी जनाउँदै भंगहा नगरपालिकामा सयौंको जुलुस

महोत्तरी । यो महोत्तरी जिल्लाको भंगहा नगरपालिकाको दृश्य हो, बजार छेउको श्री माध्यामिक बिद्यालय भंगाहामा ३०० जना भन्दा धेरै क्वारेन्टाइनमा छन् । नगरपालिकाको संयोजनमा नेपाल-भारत सिमा क्षेत्रमा अलपत्र नगरवासीहरुलाई गाडी पठाएरै नगरपालिकासम्म उद्धार गरेर ल्याइयो र क्वारेन्टाइनमा राखिएको छ ।

संभवत आफ्ना नगरवासीहरुलाई सिमाबाट उद्धार गर्ने पहिलो नगरपालिकाहरुको सूचीमा भंगाहा नगरपालिका पर्दछ यद्धपी अहिले त्यहाँ राजनीतिक खिँचातानीका कारण पटक-पटक कोरोना भाइरस संक्रमण जाेिखमको मतलवै नगरि सयौंको संख्यामा नाराजुलुस र बिरोध र्यालीहरु भएको छ ।

राहत वितरणका विषयमा गंगाहा नगरपालिकाका मेयर सञ्जीब शाहको बिरोधमा यी र्यालीहरु स्थानीय नेपाली कांग्रेस र नेकपा एमाले संयूक्तका कार्यकर्ताहरुले निकालेको बताइएको छ । सामाजिक दुरी कायम गर्नुपर्ने सरकारको नियमलाई वेवास्ता गर्दै निकालिएको र्यालीले बिरोध त जनाउला तर, भोलीका दिनमा संक्रमणको जोखिमलाई बढाउने संभावना भने प्रशस्त छ ।

राहतका बिषयमा मेयर शाहसँगको बिवादपछि र्यालीहरु आयोजना गरिएका हुन्, पहिलो चरणमा हप्तादिन अघि नै एउटा र्याली निकालिएको हो । मेयर शाहले भने पटक–पटक आन्दोलनरत पक्षलाई आफ्नो कुराहरु लिएर वार्तामा आउन र आफूबाट केहि गल्ती भएको नभएको छानविन गर्न आव्हान गर्दै आएका छन् ।

नगरपालिकाले वितरण गर्ने राहत देखि राहतको परिमाणसम्ममा चित्त नबुझे पछि स्थानीयहरु र्यालीमा उत्रिएका हुन् । नगरपालिकाले प्रथम चरणको राहतमा १० किलो चामल, एक लिटर तेल, एक प्योकट नुन र एक किलो दाल वितरण गरिसकेको छ ।

बिवादलाई लकडाउनमा र्याली निकालेर प्रदर्शन गरिनु अनुचित भएको स्थानीय बुद्धिजिवीहरुको भनाई छ । उनीहरुले कांग्रेस र एमालेका कार्यकर्ताहरुले नगरपालिकामा सयौंको सख्यामा मान्छे भेला पारेर जनस्वास्थ माथि नै खेलवाड गरिरहेको स्थानीयको भनाई छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *