रूकुमको घटनालाई समेटेर खेमले सार्वजनिक गरे ‘कामी दाईको छोरो’ (भिडियोसहित)

काठमाडौं । लोक तथा दोहोरी गायक खेम सेन्चुरीको ‘कामी दाईको छोरो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक भएको गीतमा गायक सेन्चुरीसँगै गायिका शान्ति श्री परियारको आवाज रहेको छ । नेपाली समाजमा विद्यमान जातिय छुवाछुतका घटनालाई समेटेर तयार पारिएको उक्त गीतमा गायक सेन्चुरी र सिर्जना रेसमी मगरको अभिनय छ ।

मुलुकी ऐन २०२० ले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको छ । २०६३ साल जेठ २१ गतेको संसद्ले पनि जातिय छुवाछुत अन्त्य कानुनमा मात्र नभई व्यवहारमा पनि छुवाछुत अन्त्य हुनेछ भनेर नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।

छुवाछुत तथा भेदभाव ऐन, २०६८ मा विवाह गर्ने तथा बरवधु छान्ने अधिकार सुरक्षित छ । तथापि, ब्यवहारमा अझै जातिय छुवाछुत कायम रहेकोमा सोको विरोध गर्दै उक्त गीत तयार पारिएको हो । अन्तर्जातीय विवाह गरेकै कारण बर्सेनी हजारौँ दलितहरुलाई अपमानित र अन्यायमा पारेको अवस्थामा रुकुम जाजरकोटमा घटेको जातिय छुवाछुतको घटनालाई समेटेर गीत तयार पारिएको गायक सेन्चुरीले बताए ।

गीतले समाजमा विद्यमान जातिय छुवाछुत अन्त्य गर्न मानिसमा मानसिक रूपमा सहयोग गर्ने बताइएको छ । अनिश दवाडीको शब्द संगीत रहेको गीतको म्युजिक भिडियो भने प्रकाश भट्टले निर्देशन गरेका छन् । म्युजिक भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *