संक्रमित संख्या बढेपछि दैलखमा अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलदै गएपछि दैलेखमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । आज साँझ ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ, भिरतेत, उत्तरमा छात्रा र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लू नगरपालिकाको पूर्वमा माथिल्लो डुङ्गेश्वर, चुप्रा, शिरस्थान, पश्चिममा पादुकाखोला, कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरमा लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ।
कहिलेसम्मका लागि भन्ने खुलाइएको छैन । निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने चेतावनी दिइएको छ। औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, बैंकिङ्ग लगायतका अत्यावश्यक सेवा भने सुचारी रहनेछन् ।
बिहीबार मात्रै दैलेखमा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यहाँ कोरोना संक्रमणबाट एक जनाको मृत्यु भइसकेको छ ।








